बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

ट्र्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु

आइतबार, १८ कात्तिक २०७५, १५ : ५९
आइतबार, १८ कात्तिक २०७५

भीमदत्तनगर–मलामी गएर फर्किंदै गरेको ट्र्याक्टर दुर्घटना हुँदा आज कञ्चनपुरको वेदकोट नगरपालिका–४ बैतडाका दुई युवकको मृत्यु भएको छ । 

पूर्वपश्चिम राजमार्गको भीमदत्तनगर–दैजी खण्डमा महाकाली नदीबाट फर्किंदै गरेको से१ त ५४२२ नंको ट्र्याक्टर दुर्घटना हुँदा अन्दाजी ३० वर्षीय प्रेम धामी र ३२ वर्षीय राजेन्द्र जाग्रीको मृत्यु भएको हो । 

दुर्घटनामा गम्भीर घाइते चार जनालाई थप उपचारका लागि भारत र धनगढी सिफारिश गरिएको छ भने सामान्य घाइतेको अस्पतालमै उपचार भइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप