शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

महिलाले गरे मदिरा र जुवातासमा प्रतिबन्ध

आइतबार, १८ कात्तिक २०७५, १४ : ५६
आइतबार, १८ कात्तिक २०७५

अछाम– मदिरा र जुवातासका कारण गाउँ गाउँमा हुने विकृति रोक्न रामारोशन गाउँपालिका–४ बाटुलासैनका महिलाले तिहारका बेला जाँड रक्सी र जुवातास प्रतिबन्ध गराएका छन् । 

महिला सञ्जालको नेतृत्वमा वडाका जनप्रतिनिधिसहितको भेला गराइ तिहारको समयमा वडामा कसैले पनि मदिरा सेवन तथा बिक्री वितरण गर्न नपाइने र जुवातास खेल्न खेलाउन नपाइने निर्णय गराएका हुन् । 
यसअघि पनि वडामा मदिरा र जुवातास नियन्त्रण अभियानमा सक्रिय महिला सञ्जालले दशैंको समयमा पनि मदिरा प्रतिबन्ध गराएको थियो । 

सञ्जालको निर्णय विपरीत कार्य गर्नेलाई कारवाही गरिएको महिला सञ्जालका अध्यक्ष हङ्शकला न्यौपानेले बताइन् । 

उनले भनिन्, ‘मदिराका कारण महिला हिंसाका घट्ना बढ्न थालेकाले यो अभियान चलाएका हौं ।’ 

जाँड रक्सी र जुवातास विरुद्धको अभियान प्रभावकारी बन्दै गएको उक्त वडाका वडासदस्य नन्दराज उपाध्यायले बताए । सञ्जालले छाउपडी कुप्रथा, जातीय विभेद्, घरेलु तथा महिला हिंसाका विरुद्धसमेत अभियान गरिरहेको उनले बताए । 

एम्बुलेन्स सञ्चालन, स्थानीयवासी हर्षित 

मेल्लेख गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालन गरेको छ । गर्भवती महिला आकस्मिक तथा सिकिस्त बिरामीका लागि गाउँपालिकाले एम्बुलेन्स सेवा सुचारु गरेको हो । 

गाउँपालिकाको रु १० लाख १२ हजार ४०० को लगानीमा एम्बुलेन्स खरीद गरी ल्याइएसँगै कात्तिक १५ गतेबाट सञ्चालनमा ल्याइएको उल्लेख गाउँपालिका अध्यक्ष लोकबहादुर बोहराले बताए । 

यसअघि मेल्लेखबाट बयालपाटा अस्पताल बिरामी लैजान जीपले तीन हजारदेखि ६ हजारसम्म लिने गरेकोमा अब सहुलियत भाडामा बिरामीलाई अस्पताल पुगाउन सकिने स्थानीयवासी पवन धामीले बताए ।  गाउँपालिकाले सञ्चालन गरेको एम्बुलेन्सले बिरामीलाई बयालपाटा अस्पताल पुर्याएको बढीमा एक हजार ५०० लिने गरी दररेट कायम गरिएको गाउँपालिकाले जनाएको छ । 

तिहारलगत्तै सबै वडामा स्वास्थ्य शिविर सञ्चालन गरी सबैको स्वास्थ्य परीक्षण गर्ने र स्वास्थ्यसेवा कार्ड वितरण गर्ने योजना रहेको गाउँपालिका अध्यक्ष बोहराले जानकारी दिए । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप