बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

यहाँका राष्ट्रपतिले पनि दिए लागुऔषध कारोबारीलाई गोली हान्ने आदेश

आइतबार, ०८ साउन २०७४, १६ : ३४
आइतबार, ०८ साउन २०७४

इन्डोनेसियाका लागुऔषध कारोबारीलाई पुलिसले सिधै गोली हान्ने सम्भावना वृद्धि भएको छ । लागुऔषधको समस्यासँग जुध्नका लागि राष्ट्रपति जोको विडोडोले कानून प्रवर्तन अधिकारीहरुलाई लागुऔषध तस्करलाई गोली हान्ने निर्देशन दिएका छन् । यो निर्णयको तुलना फिलिन्सिका राष्ट्रपति रोड्रिगो दुर्तेतेको ड्रगवारसँग भइरहेको छ ।

विडोडोले शनिबार अधिकारीलाई भने, ‘देशमा भित्रिने विदेशी तस्करविरुद्ध दृढ रहनुहोस् । यदि उनीहरुले गिरफ्तारीको विरोध गर्छन् भने उनीहरुलाई गोली हान्नुहोस् किनभने हामी वास्तवमा लागुऔषधको विषयमा आपत्कालीन स्थितीको सामना गरिरहेका छौं ।’

लागुऔषधको विषयमा नियम कडाः

इन्डोनेसियामा पनि लागुऔषधको विषयमा कानून निकै कडा छ । योभन्दा पहिले कोर्टद्वारा मृत्यको सजायँ पाइसकेका अपराधीलाई फाँसीको सजायँ दिएका कारण विडोडोले आलोचनाको सामना गर्नुपरेको थियो । मानवअधिकार कार्यकर्ता र केही अन्य देशको सरकारले इन्डोनेसियाबाट मृत्युदण्डको सजायँ हटाउनुपर्ने दबाब दिएका छन् ।

मस्यासँग जुध्नका लागि पुलिसलाई लागुऔषध कारोबारीलाई सिधै गोली हान्ने अनुमती दिएको छ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप