शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

गुणकारी अमलाः खाँदा फाइदै फाइदा

आइतबार, १८ कात्तिक २०७५, १३ : १४
आइतबार, १८ कात्तिक २०७५

ओन्ली माई हेल्थ

अमला शरिरलाई विशेषगरी कपाललाई आवश्यक पर्ने भिटामिन र मिनरल्सको निकै राम्रो स्रोत हो । पाँच हजार वर्ष अघिदेखि संसारको विभिन्न देशमा यसको सेवन गरिँदै आएको छ । यो एक गुणकारी फल हो जसले शरिरमा फाइदै फाइदा पुर्याउँछ ।

१. भिटामिन सीको राम्रो स्रोतः

अमला भिटामिन सीको राम्रो स्रोत हो जसले रुघा खोकीको समस्या भगाउनुका साथै मुटु रोग र क्यान्सरमा समेत फाइदा पुर्याउँछ । भिटामिन सीको प्रचुर मात्रा भएका कारण यसले गिजाबाट रगत बग्ने समस्यामा राहत प्रदान गर्छ ।

२. कोलेस्ट्रोल घटाउँछः

अमलाले ब्याड कोलेस्ट्रोल हटाउन सहयोग गर्छ जसका कारण मुटु स्वस्थ रहन्छ । स्वस्थ्य डाइट चार्ट अपनाउने बारे सोच्दै हुनुहुन्छ भने आफ्नो खानामा अमला समावेश गर्नु नछुटाउनुहोस् ।

३. पाचन क्रिया बलियो राख्छः

अमलाको तितो र अमिलो स्वादले पाचन इन्जाइमलाई एक्टिभ बनाउँछ । यसमा अत्यधिक फाइबर पाइने भएकाले पाचनमा समस्या भएकाहरुका लागि यो वरदान साबित हुनसक्छ । यसले ग्यास्ट्रोइन्टेस्टाइनल ट्र्याक्ट पनि सफा गर्न सहयोग गर्छ ।

४. कपालको केयरः

हेयर केयरमा अमलालाई छुटाउनै हुँदैन । अमलाले कपाललाई स्वस्थ, बाक्लो, लामो र चम्किलो राख्छ भन्ने मान्यता छ ।

५. एन्टि–अक्सिडेन्ट पावरः

अमलामा विभिन्न पोलिफेनोल्स छ जसले शरिरको विषाक्त बाहिर निकाल्न मद्दत गर्छ ।

६. प्रतिरोधी क्षमता वृद्धि गर्छः

अमलाले विभिन्न रोगसँग लड्ने सहयोग पुर्याउनुका साथै यसले तपाईंलाई भविष्यका लागि पनि तयार राख्छ । यसले तपाईंको प्रतिरोधी क्षमता वृद्धि गर्छ भने हत्तपत्त रुघाखोकी लाग्न दिँदैन ।

७. स्वस्थ छालाः

कलेजोमा खराबी भएपछि छालामा समस्या देखिन्छ । यो उत्कृष्ट एन्टिअक्सिडेन्ट भएकाले कलेजोमा भएको विकृत वस्तुलाई बाहिर निकाल्न सहयोग गर्छ । जसका कारण तपाईंको छाला स्वस्थ हुन्छ ।

८. डाइटिङ गर्दाः

अमलामा फ्याटको मात्रा अत्यधिक कम हुन्छ त्यसकारण तौल कम गर्न चाहनेका लागि यो निकै राम्रो मानिन्छ । यसले मेटाबोलिजम वृद्धि गर्छ जसका कारण शरिरमा जम्मा भएका फ्याटलाई घटनाउन सहज हुन्छ ।

९. पौष्टिक रुपमा समृद्धः

कम क्यालोरी हुँदा पनि अमलामा भरपुर मात्रामा पौष्टिक तत्व पाइन्छ । सय ग्राम अमलामा ६० क्यालोरी हुन्छ । यो भिटामिन र मिनरल्सको राम्रो स्रोत हो । यसमा कार्बोहाइड्रेट र डायटरी फाइबर पनि भरपुर मात्रामा पाइन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप