बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

हिमाल पर्यटन प्रवर्द्धनमा बुद्ध एयर

आइतबार, १८ कात्तिक २०७५, १२ : २४
आइतबार, १८ कात्तिक २०७५

 काठमाडाैं-नेपालमा हुने साहसिक गतिविधिमध्ये पर्यटक माझ ‘माउन्टेन फ्लाइट’ सर्वाधिक आकर्षक र पहिलो रोजाइमा पर्छ ।

माउण्टेन फ्लाईट स्कुले विद्यार्थीदेखि युवा तथा वयस्क सबैले अनुभव गर्नैपर्ने पर्यटकीय गतिविधि हो । 
शारिरीक कठिनाई भएकाहरुले पनि यस उडानबाट लामो श्रृंखलाहरु सजिलै अवलोकन गर्न पाउँछन् ।
 
निजी क्षेत्रको सबैभन्दा ठूलो वायुसेवा कम्पनी बुध्द एयरले विगत २१ वर्षदेखि ‘एभरेस्ट एक्स्पेरियन्स माउन्टेन फ्लाइट’ सञ्चालन गरिरहेको छ । 

अहिलेसम्म देशीविदेशी गरि लाखौं यात्रुले अनुभव संगालिसकेका छन् । संसारका दश ठूला चुचुराहरुमध्ये ८ हिमश्रृंखला नेपालमै रहेका छन् ।
 
१ घण्टा लामो उडानको दौरान यात्रुहरूले सगरमाथा (८८४८ मी.), कंचनजंघा (८५८६ मी.), मकालु (८४६३ मी.), चाम्लांग (७३१९ मी.), अमादब्लम (६८१२ मी.), लोहोत्से (८५१६ मी.), नुप्त्से (७८५५ मी.),  पुमोरी (७१६१ मी.), घ्याचुंग काङ (७६५२ मी.), चोयु (८२०१ मी.), कार्योलुंङ (६५११ मी.), नुम्बुर (६९५७ मी.), मेलुन्ग्से (७१८१ मी.), गौरीशंकर (७१३४ मी.), फूर्बी घ्याचु (६६३७ मी.), दोर्जे लाक्पा (६९६६ मी.), गोसाईथान (८०१३ मी.), लाङटाङ लिरुंङ (७२३४ मी) लगायतका हिमालहरूको दृश्यावलोकन गर्न सक्नेछन् ।
 
२१ वर्ष अघि बुध्द एयरले आफ्नो शुरुवाती तथा व्यवसायिक उडान माउन्टेन फ्लाइटमार्फत् गरेको थियो । कम्पनीले अहिले पनि यसलाई महत्वका साथ निरन्तरता दिएको छ ।
 
यसै क्रममा पर्वतीय श्रृंखलालाई स्वदेशी तथा विदेशी बजारमा प्रवद्र्धनका लागि बुध्द एयरले एभरेष्ट एक्सपेरियन्स भिडियो सार्वजनिक गरेको छ । यो भिडियोलाई सामाजिक सञ्जाल तथा युट्युवबाट बजार प्रवद्र्धन गरिने कम्पनीले जनाएको छ ।
 
सानो पर्दाका सेलिब्रेटि भूषण दाहाललाई फिचर गरिएको यो भिडियो कम्पनीको अधिकारिक च्यानल BuddhaAirPvtLtd युट्युबमा एकैदिन ६ हजारभन्दा बढीले हेरिसकेका छन् । पर्यटकीय सिजनको मध्य मानिने सेप्टेम्बर अक्टुबरलाई लक्षित गरि भिडियो सार्वजनिक गरिएको हो । यो भिडियोले सन् २०२० मा नेपाल सरकारको पर्यटन वर्ष मनाउने लक्ष्यलाई समेत टेवा पुग्ने कम्पनीले विश्वास लिएको छ ।
 
माउन्टेन फ्लाइटमा बुध्दले हरेक यात्रुलाई झ्याल पर्ने गरि सिटको व्यवस्था गरेको छ । बीचक्राफ्ट १९०० ‘डी’ मा १८ जना र एटिआर ४२ मा २४ जना र एटिआर ७२ मा ३६ जना यात्रु उडाउने गरेको छ । जहाजमा एक यात्रु एक झ्यालले गर्दा यात्रुहरूले एभरेस्ट एक्स्पेरियन्सको मज्जा लिन सक्नेछन् । उडानका क्रममा बुध्द एयरका फ्लाईट एटेण्डेण्टले हिमशृङखलाबारे विभिन्न जानकारी यात्रुहरुलाई दिने गरेका छन् ।
 
उडान पश्चात् यात्रुलाई बुध्द एयरले माउन्टेन फ्लाइटको प्रमाणको रुपमा "सोभिनियर सर्टिफिकेट" पनि दिने गरेको छ ।

भिडियाे हेर्नुहाेस्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप