केन्द्रीय संस्करण
समाचार

चक्कु बोकेर स्कुल जान्छिन् सुरक्षा

person explore access_timeकात्तिक १८, २०७५ chat_bubble_outline0
सांकेतिक तस्बिर

आजभोलि सुरक्षा स्कुल जानै डराउँछिन् । स्कुल जान साहारा खोज्छिन् तर त्यो कुरा आमाबुबालाई थाहा छैन । ‘देशमा छोरीचेलीहरू सुरक्षित छैनन्, आमा । त्यसैले देश सुरक्षित छैन ।’ आइतबार काठमाडौँ जडीबुटीमा गीता तामाङकी ११ वर्षीया छोरी सुरक्षा गुरूङले आमालाई भन्दै थिइन् । 

बिहान ९ बजेको कुरा हो । गीताले छोरीलाई स्कुल पठाउन तयार गर्दैथिइन् । कोठामा गीता तरकारी काट्दै थिइन् । तरकारी काट्दै गरेको चक्कु सुरक्षालाई मन परेछ । किन मनपर्यो आमालाई थाहै थिएन । 
सुरक्षाले आमाको हातबाट चक्कु खोसेर झोलामा हालिन् । ‘छोरी चक्कु देऊ, ढिलो हुन्छ खाना पकाउन’, आमा गीतालाई कराउँदै थिइन् । ‘चक्कु राम्रो छ, स्कुल लान्छ’ु, छोरी आमालाई भन्दै थिइन् । तिमी फटा भयौ छोरी । यस्तै दुई चार शब्द चल्दै थियो आमा छोरीबीच ।

सुरक्षा कोटेश्वरकै ब्रेनहर्ट बोर्डिङ स्कुलको कक्षा ६ मा पढ्छिन् । आमाछोरीको कुरा मजाकमा उडिरहेको थियो । तर विषय गम्भीर पनि थियो । मुलुकमा दिनानुदिन बढ्दै गएको बलात्कार र हत्याको घट्नाले सुरक्षालाई असुरक्षाको महसुस भइरहेकोतिर कसैको ध्यान गएको थिएन । सुरक्षाका क्रियाकलापबाट उनको मनोविज्ञानमा असर परेको कुरा सहजै महसुस गर्न सकिन्थ्यो । ‘दैनिकजसो बलात्कार र हत्याकै घट्ना समाचारमा सुनिन्छ  । बुवाले प्रत्येक दिन पत्रिका ल्याउनुहुन्छ । जहिले पनि बलात्कार र हत्याकै घटना छ्याछ्याप्ती छापिएको देख्छु’, सुरक्षाले भनिन् ।

यतिबेला सहर मात्र होइन, गाउँघर पनि असुरक्षामा फसेको कुरा सुरक्षालाई राम्ररी थाहा रहेछ । बलात्कार र हत्याका घटनाहरू गाउँगाउँमा भइरहेको कुरासमेत उनले बताइन् ।  ‘यस्तो किन भइरहेको छ मामुु ?’ उनले आमालाई प्रश्न तेस्र्याइन् । कहिल्यै पनि छोरीले यस्तो प्रश्न नगरेको तर पछिल्लो समय एक्कासि यस्तो कुरा गरेपछि आफू आश्चर्यमा परेको आमा गीताले बताइन् । उनले थपिन्– ‘दिनहुँ जस्तो यस्ता घटना भइरहेका छन् ।’ 

आमाबुबालाई छोराछोरीमा यसको प्रभाव परेको थाहा हुँदैन । जसको प्रमाण खोज्न पनि कठिन हुन्छ ।

केही महिनादेखि मुलुकमा बलात्कार र हिंसाका घटना व्यापक रूपमा भइरहेका छन् । यसको प्रभाव ससाना बच्चामा परिरहेको छ । स्कुल, कलेज जान पनि बालिका डराउँछन् । जसले गर्दा उनीहरु स्कुल कलेज पढ्न जाँदा पनि हुल बाँधेर जान खोज्छन् । स्कुल कलेज नपुगुन्जेल मनमा तीनै कुराहरू खेलाउँदै, डराउँदै कक्षा कोठासम्म पुग्ने गर्छन् । तर पनि भयमुक्त हुँदैनन् । परिणाम त स्कुल कलेजमा पढ्न जाने छोरीचेलीको सङ्ख्या पनि घट्नेक्रम बढेको छ ।

सरकारको जीवन आलटालमै वितेको छ । देशको यस्तो अवस्थाप्रति सबै सचेत नागरिक चिन्तित छन् । खाडी मुलुक खुलेदेखि स्कुल कलेजहरूमा केही वर्षदेखि शिक्षामा महिलाहरूको सङ्ख्या बढेको छ । पुरूषहरू स्कुल कलेज जानेहरूको सङ्ख्या पनि दिनानुदिन घट्नेक्रममा  छ । अधुरो शिक्षा लिएर वैदेशिक रोजगारमा पुग्ने युवा विदेश पुगेपछि शिक्षाको महत्व बुझ्छन् । आफूले विदेशमा कमाएको धेरैजसो पैसा छोराछोरीको पढाइमा खर्चिन्छन् । त्यसैले सरकारी स्कुलको भन्दा प्राइभेट बोर्डिङ स्कुलतिर बढी आकर्षण बढेको छ । तर गार्जनको शिक्षामा भएको लगानी अनुसार शैक्षिक स्तर छैन । व्यावसायिक करणमा बदलिएको छ । लगानी अनुसारको शिक्षाको गुणस्तरीयता छैन । यसले विगतको भन्दा शिक्षा क्षेत्रमा अन्धविश्वास बढाएको छ । वैदेशिक रेमिटान्सको पनि सही सदुपयोग छैन ।

संविधानले महिलाको अधिकारलाई संस्थागत गरे पनि उपयोग र प्रयोगमा अझै पनि पुरुषहरुकै वर्चस्व छ । यसलाई व्यावहारिक ढङ्गले संस्थागत र व्यवस्थित गर्न जरूरी छ । सहरिया जीवन जति सरल र सहज छ, उति नै जटिल र कठिन गाउँले जीवन छ । यसलाई कसरी व्यवस्थापन गर्ने सरकारी चुनौती ठूलो छ । लोकतन्त्र व्यवस्थित नभएसम्म यसले थुप्रै विकृति र विसङ्गतिहरू बोक्न सक्छन् । 

महिला पुरुषबीचको सम्बन्ध अहिलेको भन्दा पनि असमान हुन सक्छन् । यो प्रकृतिको नियम हो । सहजतापछि असहजता जन्मिन्छन् । यसैको पराकाष्टता हो– निर्मला पन्त जस्ता कलिला बालिकाको बलात्कार र हत्या । यसलाई सरकारले बेलैमा इतिहासको कठघरामा उभ्याउनु पर्छ । दोषी सबैलाई कारवाही गरी स्कुल कलेज जाने बच्चालाई सहज वातावरण सरकारले बनाइदिनु पर्छ ।

त्यसैले निर्मला पन्तलगायतका बालात्कार र हत्या प्रकरणको सत्यतथ्य छानविन गरी दोषीलाई हदैसम्मको कारवाही गर्नुपर्छ । थामथुम पारेर समस्याको सामाधान गर्न सकिँदैन । मुलुक योभन्दा पनि अस्तव्यस्त हुन सक्छ । अपराधीहरू पता लगाउन नसक्दा निर्मलाहरूको सङ्ख्या घट्नुको साटो बढ्ने क्रमै छ । सरकारको अनुसन्धान निकाय नै असक्षम रहेको प्रस्ट भइसकेको छ । त्यसैले सरकार एक महिलामाथि हुने बलात्कार र हिंसामा कमी आउने  क्रमको सुरुवात कहिले हुन्छ सरकार ? यसको जवाफ नागरिकले खोजिरहेका छ । त्यसैले सरकार !  बलात्कार र हिंसालगायतका घट्नाहरू अन्त्य कहिले हुन्छ ? सरकारका लागि यो सामान्य कुरा होइन र ? अनि किन आलटाल र आँखामा छारो हाल्ने काम हुँदैछ ? के निर्मलाहरू यो देशको छोरी होइनन् ? हो भन्ने यसको फैसला कसले गर्ने ? यसर्थ सरकार सामाधान भएन र यस्तै अवस्था रहिरह्यो भने स्कुल, कलेज र रोडहरूमा चक्कु बोकेर गुन्डाहरू होइन अब त सुरक्षाकर्मीका रुपमा छोरीचेली भेटिनेछन् ।
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...