शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘डोली’को फष्टलुकसँगै प्रदर्शन मिति सार्वजनिक

आइतबार, १८ कात्तिक २०७५, ११ : १४
आइतबार, १८ कात्तिक २०७५

काठमाडौं – सामाजिक प्रेमकथामा बनेको चलचित्र ‘डोली’को फष्टलुक सार्वजनिक भएको छ । 

निर्माण युनिटले फष्टलुकको रुपमा पोस्टर सार्वजनिक गर्दै मंसिर २८ प्रदर्शन मिति समेत सार्वजनिक गरेको हो । 

राजबहादुर सानेको निर्देशन रहेको चलचित्र किरण नेपालीले निर्माण गरेका हुन् ।

 रेड बर्ड प्रोडक्शनको ब्यानरमा निर्मित चलचित्रमा किशोर खतिवडा, पृथ्वीराज प्रसाई, संगीता नापीत, सानिया खान,अर्जुन गुरुङ,नवीन रेग्मी,प्रशान्त भण्डारी,दामोदर खतिवडा,प्रिया रिजाल,हिउँवाला गौतमलगायतका कलाकारले अभिनय देख्न सकिन्छ । 

चलचित्रको स्क्रिप्ट पनि निर्देशक साने आफैले लेखेका हुन् । सिडी अधिकारी, बाबुल गिरी र पुरुषोत्तम न्यौपानेको संगीत रहेको डोली जयराम थापाले खिचेका हुन् । शंकर महर्जनको द्धन्द्ध निर्देशन रहेको चलचित्रमा गीतको कोरियोग्राफी श्रीकृष्ण परियारले गरेका छन् । 

चलचित्रको बितरण आरआर फिल्मस् र जिजिए गु्रपले गर्दैछ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप