शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

शाहरुख भन्छन्, ‘म नायिकाहरुलाई हुर्काउँछु बढाउँछु, उनीहरु विवाह गरेर जान्छन्’

आइतबार, १८ कात्तिक २०७५, ०८ : २८
आइतबार, १८ कात्तिक २०७५

बलिउड अभिनेता शाहरुख खान शुक्रबार ५३ वर्ष पुगेका छन् । यो मौकामा उनले आफ्नो आगामी फिल्म ‘जिरो’ को ट्रेलर पनि लञ्च गरे ।

यो फिल्मको पृष्ठभूमिमा मेरठ शहरलाई सेट बनाइएको छ । शाहरुख खान मेरठको बउवा सिंहको भूमिका निभाइरहेका छन् ।

शाहरुख हरेक वर्ष आफ्नो जन्मदिन मिडियाकर्मीसँग आफ्नो घर ‘मन्नत’ मा मनाउँछन् र यो वर्ष पनि उनले यसलाई निरन्तरता दिए ।

शाहरुखको घर ‘मन्नत’ बाहिर बिहानैदेखि हज्जारौंको संख्यामा प्रशंसकहरुको उपस्थिती थियो । शाहरुखले पनि आफ्ना प्रशंसकलाई निराश बनाएनन् र घरको बाल्कोनीबाट प्रशंसकको अभिवादन स्विकार गरे ।

होचा व्यक्तिको भूमिकामाः

‘जिरो’ फिल्मको ट्रेलर लञ्चका बेला अनुष्का शर्मा, कट्रिना कैफ र निर्देशक आनन्द एल रायको पनि उपस्थिती थियो । यो फिल्ममा शाहरुख एक होचा व्यक्तिको भूमिकामा देखिनेछन् ।

शाहरुखले ट्रेलर लञ्च कार्यक्रममा भने, ‘मानिसहरुले समाजमा उनीहरुको कद र रंग–रुपको हिसाबले भेदभाव झेल्नुपर्छ । ’ उनका अनुसार आजको समयमा धेरै मानिसहरुले निकै आलोचनात्मक भएका छन् ।

शाहरुख आफ्नै उदाहरण दिँदै भन्छन्, ‘जब म मुम्बई आएको थिएँ तब मलाई मात्र अभिनयको शौख थियो । खेलमा जसरी सचिन तेन्दुल्कर विराट कोहलीजस्तो  म प्रतिभाशाली थिइनँ । दिलिप साहब र ठूला दिग्गज अभिनेता अभिनयमामा अब्बल थिए । म उनीहरु जस्तो थिइनँ तर पनि मलाई अभिनयको शौख थियो । मानिसहरुले मेरो नाक राम्रो छैन, त्यति अग्लो छैन, एकदम चाँडै बोल्छु, कालो छु भन्दै हिरो बन्न नसक्ने बताउँथे ।’

शाहरुखले आफ्नो संघर्षका दिन याद गर्दै भने, ‘मैले जतिपनि ठूलो व्यक्ति चिन्थें, उनीहरुले ममा केही न केही कमजोरी पक्कै देखाउँथे । तर आफूलाई अभिनयको शौख भएको र यसलाई मार्न नसकिने बताउँदै आफ्नो काम गर्दै गएँ । म जसरी पनि अभिनय गर्छु भन्ने म सोच्थें । आफू हिरो नै बन्न नसकेपनि केही न केही त पक्कै गर्छु भन्ने विश्वास थियो ।’

बलिउडमा २५ वर्ष पुरा गरिसकेका शाहरुख खान अब ‘किंग अफ रोमान्स’ भनिन्छन् । मानिसहरु आलोचनात्मक नभई हरेक कुराको सकारात्मक पक्ष हेर्न उनको सुझाव छ ।

जिरो फिल्ममा शाहरुखसँग कट्रिना कैफ र अनुष्का शर्मा पनि देखिनेछन् । दुबै अभिनेत्रीसँग शाहरुखले पहिले पनि फिल्ममा काम गरेका छन् । अनुष्का शर्मासँग उनले इमान्दारीता सिकेको र कट्रिना कैफसँग क्षमाभाव सिकेको उनले बताए ।

अनुष्का–कट्रिनासँग जोडीः

अनुष्का शर्माले शाहरुखलाई जन्मदिनको बधाई दिँदै भनिन्, ‘मैले यो क्षेत्रमा १० वर्ष पुरा गरिसकेकी छु । १० वर्ष अघि मैले शाहरुख खानसँगै आफ्नो पहिलो फिल्म ‘रब ने बना दि जोडी’ बाट सुरुवात गरेको थिएँ र अब ‘जिरो’ रिलिज हुँदैछ ।’

अनुष्काका अनुसार जिरोमा उनको भूमिका अहिलेसम्मको सबैभन्दा मुश्किल भूमिकामध्येको एक रह्यो किनभने यसमा उनी अपाङ्ग महिलाको भूमिका निभाइरहेकी छिन् ।

अनुष्का भन्छिन्, ‘फिल्मको सुटिङका बेला म निकै दबाब महसुस गरिरहेकी थिएँ । कतिपय अवस्थामा मेरो आत्मविश्वास डगमगाइरहेको थियो किनभने वास्तविक जीवनमा म निकै चुलबुले छु र यो भूमिकाका लागि मैले ह्विलचेयरमा बसेर ती सबै हाउभाउ दिनुथियो ।’

यस्तै, कट्रिना कैफका लागि पनि यो फिल्म निकै विशेष छ । यसमा उनी एक स्टारको भूमिका निभाइरहेकी छिन् जसको आफ्नो भावनात्मक समस्या छ ।

अभिनेत्रीको विवाहबारे यसो भन्छन्ः

फिल्म इन्डस्ट्रिमा अभिनेत्रीको विवाहसँग जोडिएको एक प्रश्नमा शाहरुखले भने, ‘जब म नयाँ थिएँ मलाई सहयोग गर्ने श्रीदेवी जी, माधुरीको विवाह भयो । त्यसपछि दोस्रो पीढीको विवाह भयो । अब यी तेस्रो पीढीका अभिनेत्री हुन् जोसँग मैले काम गरें र अब उनीहरुको विवाह भइरहेको छ । ’

‘म निकै भावुक हुन्छु । चाँडै नै विवाह बन्धनमा बाँधिन लागेका दीपिका र रणबीरलाई मेरो शुभकामना । मेरो वैवाहिक जीवनमा जति खुसी छ, उनीहरुले पनि त्यस्तै खुसी पाउन् । दीपिका र अनुष्काले मसँग आफ्नो करियरको सुरुवात गरे । यस्तो लाग्छ कि मैले उनीहरुलाई हुर्काउँछु बढाउँछु त्यसपछि उनीहरु विवाह गरेर जान्छन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप