परिणाम ल्याउन लागिपरेका छौं : मुख्यमन्त्री पौडेल
काठमाडौँ । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकार प्रचारप्रसारभन्दा परिणाम ल्याउने गरी काम गर्न लागिपरेको बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गोकर्णेश्वर नगर कार्यपालिका संसदीय दलले आज जोरपाटीमा आयोजना गरेको शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उनले छ महिने प्रदेश सरकारका कामलाई २५० वर्षको सङ्घीय सरकारसँग तुलना गरिनु नहुने बताए ।
‘सङ्घीय सरकारसँग २५० वर्षको, स्थानीय सरकारसँग ७० वर्षको अनुभव छ, यी दुई सरकारको कामसँग छ महिने प्रदेश सरकारको तुलना गरिनुहुन्न’, उनले भने ।
प्रदेश सरकार नरम देखिए पनि गलत काम गर्नेलाई नछोड्ने मुख्यमन्त्री पौडेलको प्रतिबद्धता छ । कार्यक्रममा प्रतिनिधिसभाका सांसद कृष्ण राईले नीतिगत सुधारका काममा प्रदेश सरकारको ध्यान जानुपर्ने बताए ।
प्रदेशसभा सदस्य रामेश्वर फुयाँलले ३ नं प्रदेश सरकार वातावरण मैत्री विकास निर्माणका काम गर्नेतर्फ अग्रसर हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेकपा गोकर्णेश्वर नगर संसदीय दलका नेता श्रीकुमार श्रेष्ठ, नेकपा नेता विश्वनाथ प्याकुरेललगायतले प्रदेश सरकारले दिगो विकासका काम गराउन लाग्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् व्यवस्थापनका लागि सबै मन्त्रालयहरुले निश्चित प्रतिशत बजेट छुट्याउँछौँ : मन्त्री श्रेष्ठ
-
बागमती प्रदेशको भाषा ऐन कार्यान्वयनमा
-
डढेलोले सिङ्गो गाउँ नै जोखिममा
-
संविधान र गणतन्त्र विरोधी शक्तिले चलखेल सुरु गर्न थाले : अध्यक्ष नेपाल
-
चुमनुब्रीमा मनास्लु हिमाल आरोहण दिवस मनाउने तयारी
-
१० बजे, १० समाचार