शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

साफ यू–१५ : चौथो स्थानमा चित्त बुझाउन बाध्य नेपाल

शनिबार, १७ कात्तिक २०७५, १८ : २४
शनिबार, १७ कात्तिक २०७५

काठमाडौं । साफ यू–१५ फुटबल प्रतियोगिताअन्तर्गत नेपालले भारतसँग शुन्यका विरुद्ध एक गोलले पराजित हुँदै चौथो स्थानमा चित्त बुझाउन बाध्य भएको छ । 

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को सातदोबाटोस्थित मैदानमा आज भएको खेलमा १८ औँ मिनेटमा थलेचु बनलरुटफेलाले गरेको गोल नै भारतको जितका लागि पर्याप्त बन्यो । 

पहिलो हाफमा शुन्यका विरुद्ध एक गोलले पछि परेका नेपाल दोस्रो हाफमा सुधारिएको प्रदर्शन त गरें, तरपनि गोल गर्न नसक्दा भारतसँग पराजित हुन पुग्यो । जितसँगै अघिल्लो संस्करणको विजेता भारत तेस्रो बन्यो । 

नेपाल सेमिफाइनलमा बिहीबार पाकिस्तानसँग शुन्यका विरुद्ध चार गोलले पराजित भएको थियो भने भारत पनि बङ्गलादेशसँग पराजित भएको थियो । 

प्रतियोगितामा समूह चरणको पहिलो खेलमा माल्दिभ्सविरुद्धको जित नै नेपालको एक मात्रै जित रह्यो । माल्दिभ्समाथि शुन्यका विरुद्ध चार गोलको सानदार जित निकालेको नेपालले दोस्रो खेलमा बङ्गलादेशसँग एकका विरुद्ध दुई गोल अन्तरले पराजित भयो । 

पहिलो खेलमै पाकिस्तानसँग एकका विरुद्ध दुई गोल अन्तरले पराजित भएका भारत अन्तिम खेलमा भूटानमाथि जित निकाल्दै सेमिफाइनल पुगेको थियो । पाकिस्तान र बङ्गलादेशबीचको खेल एन्फा मैदानमा अहिले जारी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप