शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

उपत्यकामा घेरिए ‘प्रेम गीत २’का प्रदीप र अश्लेषा

आइतबार, ०८ साउन २०७४, १६ : ११
आइतबार, ०८ साउन २०७४

काठमाडौं – यहि शुक्रबारबाट प्रदर्शनमा आउने चलचित्र ‘प्रेम गीत–२’ले मोफसलपछि उपत्यकाको बिभिन्न स्थानमा सांगीतिक कन्सर्ट आयोजना गर्यो । चलचित्रका कलाकार सहितको उक्त कन्सर्टमा दर्शकको उल्लेख्य सहभागीता रहेको थियो ।

चलचित्र युनिटले शुक्रबार ललितपुर र झक्तपुरमा कन्सर्ट आयोजना गरेको थियो । ललितपुरको लगनखेल बसपार्क र भक्तपुरको सूर्यविनायकमा आयोजित कन्सर्टमा हजारौ यूवायूवतीको साथ चलचित्रका कलाकारलाई रह्यो । कन्सर्टमा सहभागी सर्वसाधाराण्ले चलचित्रका नयक प्रदीप खड्कासँग तस्बिर समेत खिचाए । जोडदार सांगीतिक प्रस्तुति समेत रहेको कन्सर्टमा अभिनेता प्रदीपको क्रेज निकै देखियो ।

यस्तै चलचित्र युनिटले शनिबार गंगबुको बिजिमहल र चन्द्रागिरी क्षेत्रमा समेत कन्सर्ट गर्यो । यो कन्सर्टमा पनि दर्शकको उल्लेख्य सहभागीता र्हयो । यो कन्सर्टमा चलचित्रका कलाकारसँग तस्बिर खिचाउन दर्शकले तछाड मछाड गरे । 
कन्सर्टमा चलचित्र युनिटले शुक्रबारबाट चल्ने चलचित्र ‘प्रेम गीत २’ हेरिदिन आग्रह गरे । चलचित्र सांगीतिक प्रेम कथा भएको बताउदै निर्माता सन्तोष सेनले चलचित्र हरेक बर्गाको दर्शकले हर्न मिल्ने बताए । उनले आफ्नो अघिल्लो सिक्वेल भन्दा प्रेम गीत २ हरेक दृष्टिकोणबाट उत्कृष्ट रहेको बताए ।

रामशरठ पाठक निर्देशित ‘प्रेम गीत २’ चलचित्रले दर्शकमा क्रेज जगाउन सफल भएको छ । चलचित्रले आक्रमक इनिसियल व्यापार गर्ने अनुमान  निर्माण युनिटको छ । चलचित्रमा प्रदीप खड्का र अश्लेषा ठकुरीको रोमान्स देख्न सकिन्छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप