शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

झिनो अंकले घट्यो सेयर बजार, एक अर्ब वढीको कारोवार

आइतबार, ०८ साउन २०७४, १६ : १०
आइतबार, ०८ साउन २०७४

काठमाडौं–नेपालको पुँजी बजार साताको पहिलो दिन आईतबार झिनु अंकले घटेको छ । आज बजार ०.१९ अंकले घटेको हो । 
एक सय ५१ कम्पनीको १५ लाख ५७ हजार १ सय ५६ कित्ता सेयर किनवेच भएको आज एक अर्ब ६ करोड एक लाख ३८ हजार ४ सय २९ रुपैयाँको कारोवार भएको छ । 
आज बैकिङ, जलविद्युत, फाइनान्स  ‘अन्य’ समूहको सूचक घटेका छन् । आज बजारमा बैंकिङ समूहको सूचक १४.३६ अंकले घटेको छ भने जलविद्युत समूहको सूचक २.११, फाइनान्स समूहको सूचक ४.९८ र अन्य समूहको सूचक ०.८७ अंकले घटेका हुन् ।
यता, होटल समूहको सूचक ४.३४ अंकले बढेको आज विकास बैंक समूहको सूचक १.५६, बीमा समूहको सूचक २७५.४४ र उत्पादनमुलक समूहको सूचक १६.९१ अंकले बढेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप