केन्द्रीय संस्करण

प्याराग्लाइडिङ प्रतियोगिता शुरु

person access_timeकात्तिक १७, २०७५ chat_bubble_outline0

स्याङ्जा– स्याङ्जाको स्वरेक मैदानमा नेपालमै पहिलो पटक आयोजना गरिएको प्याराग्लाइडिङ एक्युरेसी विश्वकप प्रतियोगिता सन् २०१८ ले विश्वका खेलाडीको ध्यान तानेको छ । 

भीरकोट नगरपालिका–५ महापुर स्वरेक मैदानबाट उडाएर वालिङ नगरपालिका–११ डौवाफाँटमा अवतरण गर्ने व्यवस्था मिलाइएको प्रतियोगिता नेपाल प्याराग्लाइडिङ सङ्घ, नेपाल हवाई खेलकूद संस्था र बाबु एड्भेन्चर क्लब स्याङ्जाको आयोजना र जिल्ला समन्वय समिति स्याङ्जाको संयोजकत्वमा बिहीबारदेखि शुरु भएको छ । 

प्रतियोगितामा २१ देशका १०० भन्दा बढी खेलाडीले नाम दर्ता गराए पनि आवश्यक सामग्रीको कमी कमजोरी देखिएकाले खेलाडीलाई सहभागी नगराइएको र प्रतियोगितामा ७० जना खेलाडीको मात्रै सहभागिता रहेको छ । 

नेपाल प्याराग्लाइडिङ ह्याण्डग्लाइडिङ सङ्घका महासचिव एवं कार्यक्रम संयोजक शैलेन्द्र रावतले नेपालको इतिहासमै पहिलो पटक विश्वकपको आयोजना भएकाले यो प्रतियोगिता सञ्चालन हुनु राज्य र खेलाडीको लागि गर्वको कुरा भएको बताए । 

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ