शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

तेस्रो स्थानका लागि नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्दै

शनिबार, १७ कात्तिक २०७५, १० : २५
शनिबार, १७ कात्तिक २०७५

काठमाडौं ।  साफ यू–१५ फुटबल प्रतियोगिताअन्तर्गत तेस्रो स्थानका लागि नेपाल र भारत आज दिउँसो प्रतिस्पर्धा गर्दैछन् । 

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मैदान सातदोबाटोमा उक्त खेल आयोजना हुँदैछ । 

नेपाल सेमिफाइनलमा बिहीबार पाकिस्तानसँग ४–० गोलले पराजित भएको थियो भने भारत पनि बङ्गलादेशसँग पराजित भएको थियो ।

प्रतियोगितामा समूह चरणको पहिलो खेलमा माल्दिभ्सविरुद्धको जित नै नेपालको एक मात्रै जित रह्यो । 

माल्दिभ्सविरुद्ध ४–० को सानदार जित निकालेको नेपालले दोस्रो खेलमा बङ्गलाादेशसँग २–१ गोल अन्तरले पराजित भयो । 

पहिलो खेलमै पाकिस्तानसँग २–१ गोल अन्तरले पराजित भएको भारत अन्तिम खेलमा भूटानमाथि जित निकाल्दै सेमिफाइनल पुगेको थियो । 

उक्त प्रतियोगिताअन्तर्गत आजै अपराह्न हुने अन्तिम चरणको खेलमा पाकिस्तान र बङ्गलादेश प्रतिस्पर्धा गर्नेछन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप