शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बुद्ध एयरको सेवा विस्तार : भरतपुर–पोखरा उडान भर्ने

आइतबार, ०८ साउन २०७४, १५ : ५०
आइतबार, ०८ साउन २०७४

काठमाडौं–निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले पहिलो पटक दुई मुख्य शहरलाई सीधा हवाई सेवामा जोड्ने भएको छ । वुद्धले आगामी भदौ ३० गतेवाट भतपुर–पोखरा–भरतपुर उडान सुरु गर्न लागेको हो । 


यसअघी क्षेत्रिय विमानस्थलबाट मुलुकका अन्य क्षेत्रमा उडान भर्ने गरेको भएपनि एक शहरवाट अर्को शहरमा भने यो वुद्धको पहिलो उडान हो । चितवन र पोखा भ्रमण गर्ने पर्यटकको सहजताका लागि भरतपुर–पोखरा, भरतपुर उडान भर्न लागिएको वुद्ध एयरले जनाएको छ । 


यसवाट काठमाडौं हुदै चितवन र पोखरा जाने पर्यटकलाई सहज हुने जनाइएको छ । नारायणगढ–मुग्लिन सडक खण्डमा हुने गरेको अवरोध र मानविय क्षतीका कारण पनि बुद्धले यो उडान सुरु गर्ने घोषणा गरेको हो । 


यो उडानमा एक तर्फी भाडा ३ हजार ६ सय ५५ रुपैयाँ तोकिएको छ । यात्रुले यो उडानमा वाई क्लासमा २५ किलो, ए र बी क्लासमा २० किलो, सि, डी र ई क्लासमा १५ किलो लगेज सेवा पाउनेछन् ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप