केन्द्रीय संस्करण

एनपीएल टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधी मेलौली नगरपालिकालाई

person access_timeकात्तिक १६, २०७५ chat_bubble_outline0

-कृष्ण बिष्ट 

बैतडी । बैतडीको देहिमाण्डौमा जारी निंगलासैनी प्रिमियर लिग(एनपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि मेलौली नगरपालिकाले जितेको छ । आजभएको फाइनल खेलमा पाटनलाई ४९ रनले हराउँदै मेलौलीले पहिलो एनपीएलको उपाधी जितेको हो । 

टस जितेर ब्याटिङको निम्तो पाएको मेलौलीले पाटन्ले ४९ रनले पाखा लगाउँदै लगाएको थियो । टस जितेर व्याटिङको गरेको मेलौलीले  १६.५ ओभरमा आफ्ना सबै विकेट गुमाउँदै १३६ रन बनाएको थियो । उसका लागि जयराज भपाटन नगरपालिकालाई १३७ रनको लक्ष्य दिएको थियो । 

पाटनका दिपक बिष्ट र धिरेन्द्र चन्दले समान २÷२ विकेट हात पारे । १३७ रनको विजयी लक्ष्यका साथ मैदान उत्रेको पटनले १५.३ ओभरमा ८८ रनमा सबै विकेट गुमायो । मेलौलीको लागि जयराम भट्टले ३ विकेट लिए, उनी म्यान अफ द म्याच भए ।  

यो सँगै एनपिएल पहिलो एनपिएल त्रृmकेटमा संस्करण सम्पन्न भएको छ । सुदुर पश्चिम प्रदेशको पहाडी जिल्लाको सर्बाधिक धन राशीको क्रिकेट प्रतियोगितामा    प्रतियोगिताकै उत्कृष्ट खोलडी म्यान अफ द सिरिज मेलौलीका किरन ठगुन्ना भएका छन् । उनले प्रतियोगिता भरि १२८ रन र ६ विकेट लिएका थिए । ठगुन्नालाई  ११ हजार एक सय ११ नगदसहित ट्रफि र प्रमाणपत्र प्रदान गरिएको छ । 

यसैगरी उत्कृष्ट ब्याटस्म्यान शिवनाथका भानदेब ओझा भएका छन ।  उनले पतियोगिता भरि ११३ रन बनाएका थिए । बेष्ट बलर मेलौलीका बिरेन्द्र बिष्ट भएका छन् । उनले ८ विकेट लिएका थिए । दुवैले नगद ५ हजार ५ सय ५५ नगदसहित ट्रफि र प्रमाणपत्र पाएका छन् ।

सर्वाधिक छक्का प्रहार गर्ने दशरथ चन्द नगरपालिका ‘ए’ का तेज बहादुर चन्दले नगद २ हजार २ सय २२ पाएका छन । उनले १२ छक्का प्रहार गरे । यस्तै सर्वाधिक चौका हान्नेमा मेलौलिका किरन ठगुन्ना घोषित भएका छन उनले १ हजार १ सय ११ नगद सहित ट्रफि र प्रमाणपत्र पाएका छन् ।  

उनले प्रतियोगिता अवधीमा १४ चौका हानेका थिए । निङ्गलाशैनी क्रिकेट क्लब (एनसिसि) देहिमाडौंको आयोजनामा कात्तिक ८ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा प्रथम पुरस्कार मेलौली नगरपालिकाले १ लाख ११ हजार १ सय ११ ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ भने  पाटन नगरपालिका द्वितिय हुँदै ५५ हजार ५५५ रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्रप्त गरेको निङ्गलाशैनी क्रिकेट क्लबका अध्यक्ष महेश सिंह भण्डारीले बताए ।
 

रातोपाटी संवाददाता

मूलधारको लोकप्रिय अनलाइन बन्न सफल रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ