शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

भिखाराम चाँदमल अब नेपालमा

शुक्रबार, १६ कात्तिक २०७५, १९ : ०७
शुक्रबार, १६ कात्तिक २०७५

काठमाडौं । कोलकत्ताको मिठाई र स्न्याक्सकोे एक प्रसिद्ध ब्रान्ड भिखाराम चाँदमलले पहिलोपटक आफ्नो नयाँ शाखा अब नेपालमा ल्याएको छ ।

नेपालका लागि भिखाराम चाँदमलको यो शाखा काठमाडौँको शुक्रपथ – ईन्द्रचोकमा स्वस्तिक स्वीट्स एण्ड स्न्याक्स प्रा.लि. को नाममा रहेको छ । यो मिठाई पसलले शुद्ध शाकाहारी खानाको साथमा विभिन्न मिठाई, नमकिन, भुजिया, ड्राई फ्रुट्स का साथै रेष्टुरेण्ट तथा फास्ट फूडको सेवा पनि उपलब्ध गरेको छ ।

भिखाराम चाँदमल शाकाहारी खाना मन पराउनेहरुका लागि प्रसिद्ध ब्रान्ड हो र यो विहान सात बजे देखि बेलुका नौ बजे सम्म खुल्ला रहनेछ ।

स्वस्तिक स्वीट्स एण्ड स्न्याक्सका प्रबन्ध निर्देशक श्रवण घिराईयाका अनुसार भिखाराम चाँदमलले अन्तर्राष्ट्रिय स्तरको गुणस्तर नियन्त्रण विधि अपनाएको छ, यहाँ उपलब्ध शतप्रतिशत सुरक्षित र स्वस्थबद्र्धक खानामा ग्राहकहरु ढुक्क हुन सक्नेछन् । स्वादिला र ताजा खाना नै यहाँको गुणस्तरको पहिचान हो ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप