शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भद्रपुर विमानस्थलमा एक्सरे

आइतबार, ०८ साउन २०७४, १५ : ३४
आइतबार, ०८ साउन २०७४


भद्रपुर -भद्रपुर विमानस्थलमा अबदेखि एक्स–रे मेसिनबाट जाँच प्रक्रिया सुरु हुन ेभएको छ । 

लामो समयदेखि प्रहरीबाट नै जाँचपडताल हुँदै आएकामा सरकारले एक्सरे मेसिन उपलब्ध गराएपछि आगामी भदौदेखि एक्सरेबाट जाँच हुने भद्रपुर विमानस्थल कार्यालयले जनाएको छ । यस्तो यन्त्रको प्रयोगले प्रतिबन्धित वस्तुको ओसारप्रसार नियन्त्रणमा ठूलो मद्दत पुग्ने विश्वास लिइएको छ । 
यसैबीच विमानस्थलको स्तरोन्नतिका लागि जाइका अन्तर्राष्ट्रिय संस्थाको सहयोगमा रु २० करोड अनुदान प्राप्त हुने र यसबाट उडान सुरक्षाका लागि ‘भिओआर–डिएमई’ नामक उपकरणबाट व्यवस्थापन हुने छ । यसबाट कम दृश्यता भएका समयमा पनि उडान अवतरण एवम् प्रस्थानमा मद्दत पुग्ने हुने भएको छ । 

विमानस्थललाई सुरक्षित, व्यवस्थित एवम् आकर्षक बनाउन केही निर्माण भइरहेको र विमानस्थल बाहिर छ सिसी क्यामेरा जडान भइसकेको छ । एक वर्ष पहिले नै विमानस्थलमा विमानमा इन्धन भर्ने व्यवस्था पनि मिलाइसकिएको भद्रपुर विमानस्थल प्रशासनले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप