बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सुजुकी बाइक तथा स्कूटरको मेघा एक्सचेन्ज क्याम्प, थप १५ हजार भ्यालुएसन

शुक्रबार, १६ कात्तिक २०७५, १८ : १७
शुक्रबार, १६ कात्तिक २०७५

काठमाडौं । जपानीज ब्रान्ड सुजुकीको नेपालका लागी आधिकारिक बिक्रेता भिजी अटोमोबाइल्सले यही कार्तिक १७ गतेबाट कार्तिक २७ सम्म नेपालभरिका ४७ वटा सुजुकीका शोरुममा मेघा एक्सचेन्ज क्याम्प  संचालन गर्ने भएको छ ।

सुजुकी ब्रान्ड का बाइक तथा स्कूटर निकै नै नेपाली बजार मा लोकप्रिय रहेको छ । जपानीज इंजिन बलियो, स्टाइलिस र कम्फर्टेवल रहेको स्कूटर र बाइकमा  धन्तेरस तिहार तथा छठ लाइ मध्येनजर  गरी मेघा एक्सचेन्ज क्याम्प  संचालन मा आउने भएको हो ।

यो क्याप मा कुनैपनी कम्पनी का पुराना  बाइक तथा स्कूटरसँग नयाँ सुजुकी का बाइक तथा स्कूटर  सजिलै एक्सचेन्ज गर्न सकिने र कुनै पनि पुराना बाइक तथ स्कूटर को बजार प्रचलित भ्यालुएसन भन्दा थप १५,००० भ्यालूएसन  कम्पनिले ग्राहकलाइ प्रदान गर्ने कम्पनीले जनाएको छ । 

सुजुकी  मेघा एक्सचेन्ज क्याम्प भरी एक्सचेन्ज, फाइनान्स र क्यासमा कुनै पनि कम्पनीका पुराना बाईक तथा स्कूटर सजिलै उपलब्ध गराइनेछ । बाइक तथा स्कूटर  खरीद गर्न सकिनेछ । सुजुकी मेघा एक्सचेन्ज क्यामले धन्तेरस तिहार तथा छठ  को समयमा पुराना बाइक तथा स्कूटर चढने ग्राहक को बाइक  बिग्रने समस्या हुने हुनाले हामीले बजार प्रचलित मूल्य भन्दा थप १५,००० भ्यालुएसन गरेर पुराना बाईक लिएर नयाँ बाईक दिएर पठाउने  गरेको कुरा सुजुकी का मार्केटिंग म्यानेजर नबराज कोइराला ले जानकारी दिए ।

त्यस्तै सुजुकी मेघा एक्चेन्ज क्याम्प भरी नेपाल भरी ४७ शोरुम बाट  कार्तिक १७ बाट कार्तिक २७ सम्म पुराना लिएर नया बाइक तथा स्कूटर दिएर १,०००  एक्सचेन्ज गरिने लक्ष्य लिइएको भि जि सुजुकी का सेल्स हेड सन्तोष थापाले बताए । 

स्कीम अन्तर्गत सुजुकी बाइक तथा स्कूटर खरीद गर्दा बाइक मा ८,००० र स्कूटर मा १०,००० छुट साथै १० जना लाइ बम्परमा  जापान भ्रमण गराउने  कुरा पनी सन्तोश थापाले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप