केन्द्रीय संस्करण

सन्नी भन्छिन्, ‘नेपाली चलचित्रको हिस्सा बन्न पाउँदा खुसी छु’

person access_timeकात्तिक १६, २०७५ chat_bubble_outline0

एजेन्सी । बलिउड नायिका सन्नी लियोनी चाँडै नै नेपाली चलचित्रको हिस्सा बन्दै छिन् ।

उनले ‘पासवर्ड’ नामक नेपाली चलचित्र अभिनय गर्न लागेकी हुन् । एबी इन्टरनेशनलले पहिलो पटक निर्माण गर्न लागेको ‘पासवर्ड’मा सन्नीको आइटम डान्ससमेत रहने बताइएको छ ।

यसबारेमा ट्वीट गर्दै सन्नीले भनेकी छिन्, ‘बहुप्रतिक्षित नेपाली चलिचित्र ‘पासवर्ड’ को डान्स नम्बरमा हिस्सा बनाउँदा म निकै खुसी छु ।’

‘सन्नी यसका लागि उत्साहित छिन् र नेपाली चलचित्रलाई माया गर्नुपर्छ भन्ने मन बोकेकी बलिउड अभिनेत्री हुन’ यसअघि एबी इन्टरनेशनलले जारी गरेको विज्ञप्तिमा पनि भनिएको थियो ।

सन्नीले चलचित्रका मुख्य अभिनेता बिक्की जोशीसँग स्क्रिन सेयर गर्ने बताइएको छ ।

निर्माण पक्षका अनुसार फिल्मको ९८ प्रतिशत छायांकन बेलायत र दुई प्रतिशत नेपालमा हुने चलचित्रले ऐतिहासिक एवं पुरातात्विक सम्पदाको संरक्षणका लागि हुने संघर्ष कथाको रुपमा उठाउने निर्माण कम्पनीको भनाई रहेको छ ।

फिल्ममा सन्नी र  विक्की जोशीसहित दुई नवनायिका परी राना, लिसा सुनार, छुल्ठिम गुरुङको, अनुपविक्रम शाही, रविन्द्र झा, बुद्धि तामाङ र विक्रान्त बस्नेतको समेत अभिनय रहनेछ ।

सस्पेन्स, एक्सन र थ्रीलर जनरामा बन्ने चलचित्र सम्राट बस्नेतले निर्देशन गर्न लागेका हुन् । उनको यो निर्देशनमा डेब्यु चलचित्र हो । यसअघि उनले दर्जनौं चलचित्रमा एक्सन  र कोरियोग्राफी गरेका छन् ।

अर्जुन पोखरेलको संगीत रहने चलचित्रमा ३० करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

अमित बस्नेत र हिरल जोशी निर्माता रहेको चलचित्रमा सौरभ लामाको छायांकन सीमा गुरुङ, एलिस अधिकारी, विक्की जोशी र सम्राट बस्नेतको लेखन रहेको छ ।

रातोपाटी संवाददाता

मूलधारको लोकप्रिय अनलाइन बन्न सफल रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ