बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

सर्तकताको प्रतिवेदनमा स्वरोजगार कोषको खण्डनः होटलमै बसेर विवरण भराएको प्रतिवेदनमा सत्यता छैन

शुक्रबार, १६ कात्तिक २०७५, १६ : २५
शुक्रबार, १६ कात्तिक २०७५

काठमाडौँ । युवा तथा साना व्यवसायी स्वरोजगार कोषले सतर्कता केन्द्रले निकालेको प्रतिवेदनप्रति आपत्ति जनाएको छ । सम्बन्धित व्यवसायीको ठाउँमा नपुगी एउटा होटलमा बसी व्यवसायीलाई त्यही बोलाएर भराएको प्रतिवेदनले यथार्थता समेट्न नसकेको कोषको भनाई छ ।  

केन्द्रले कोषको कुनैपनि जिम्मेवार पदाधिकारीसँग समन्वय नगरी प्रतिवेदन तयार पारेकोले त्यसले सत्यता बोल्न नसकेको भन्दै केन्द्रको प्रतिवेदनको खण्डन गरेको छ । कोषले आफ्नो लगानी उद्देश्य अनुसार नै गरेको पनि स्पष्ट पारेको छ ।

शुक्रबार पत्रकार सम्मेलन गर्दैै कोषले आफुले प्रवाह गरेको कर्जा व्यावसायीक नीति अनुरुप नै भएको जनाएको छ । कोषले स्थापनाकाल देखि हालसम्म ७ अर्ब ७३  करोड ४ लाख २५ हजार रुपैयाँ लगानी गरेको र त्यसमा ३ अर्ब ५९ करोड ३१ लख ३ हजार ८ सय ९६ रुपैयाँ असुली गरेको जनाएको छ । 

हाल ४ अर्ब २२ करोड ७ लाख ४१ हजार १ सय ४ रुपैयाँ कर्जा लगानीमा रहेको छ ।  भाका नाघेको रकम भने २७ करोड ५ लाख ६४ हजार ५ सय ७९ रुपैयाँ रहेको छ । यस्ता कर्जापनि उठाउने काम भइरहेको कोषले भनेको छ । 

कोषका कार्यकारी निर्देशक विष्णु प्रसाद गौतमले कानुनविपरीत आफुबाट कुनै पनि काम नभएको स्पष्ट पारे ।  

यस्तै आफुले राष्ट्र बैंकको पेन्सन र स्वरोजगार कोषको कार्यकारी निर्देशकको सुविधा कानुन बमोजिमनै लिएको उल्लेख गरे ।  यदि नियम, कानुन विपरीत कुनै काम भएको छ भने त्यसलाई कारबाहीको प्रक्रिया अगाडी बढाउँन पनि गौतम चूनौती दिए । 

९३ प्रतिशत कर्जा असुली 
युवा तथा साना व्यवसायी स्वरोजगार कोषले ९३ प्रतिशत कर्जा असुली गरेको जनाएको छ । असुली हुन बाँकी ७ प्रतिशत कर्जापनि असुल गर्ने प्रक्रिया अघि बढेको कोषले जनाएको छ । 

भाका नाघेको ऋण उठाउन ऋण नतिरेका १५ सय व्यक्तिको जग्गा रोक्का गर्न लागेको कोषले भनेको छ । साउनदेखि यता ३ करोड रुपैयाँ असुली भएको पनि कोषले उल्लेख गरेको छ । 

यस्तै कोषले आफुले गत आर्थिक बर्षमा ९ करोड ६८ लाख २६ हजार ८ सय ३४ रुपैयाँ बेरुजु फस्र्यौट गरेको जनाउँदै यसलाई आफ्नो ठुलो उपलब्धि भनेको छ । आव २०६५/०६६ देखि ०६८/०६९ सम्म उद्योग बाणिज्य महासंघ र चेम्बर अफ कमर्शले ११ करोड २७ लाख ९८ हजार रुपैयाँ अभिमुखीकरण तालिमका लागि भन्दै पेश्की लिएको थियो । 

सो पेश्कीको फस्र्यौट उद्योग बाणिज्य महासंघले ९ करोड ३० लाख २६ हजार ८  सय ३४ र नेपाल चेम्बर अफ कमर्शले ३८ लाख रुपैयाँ बुझाएको कोषले जनाएको छ । बाँकी रहेको उद्योग बाणिज्य महासंघको १ करोड ५९ लाख ७१ ह्जार १ सय ६६ रुपैयाँ दाखिला गर्न कोषले पत्राचार गरेको छ । 

सर्तकता केन्द्रले कर्मचारी भर्ना प्रक्रियादेखि लिएर स्वरोजगारले प्रवाह गर्ने कर्जामा समेत अनियमितता भएको प्रतिवेदन निकालेको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप