शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नबिल बैंकका कार्ड प्रयोगकर्तालाई नर्भिक अस्पतालमा विषेश छुट

शुक्रबार, १६ कात्तिक २०७५, १३ : १३
शुक्रबार, १६ कात्तिक २०७५

काठमाडौं । नबिल बैंक र नर्भिक अन्तर्राष्ट्रिय अस्पतालबीच स्वास्थ्य सेवामा छुट सम्बन्धी सम्झौता भएकोे छ । नबिल बैंकका डेबिट, प्रिपेड तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले नर्भिक अन्तर्राष्ट्रिय अस्पताल तथा चिकित्सा कलेजमा विशेष छुट र सुविधा पाउने गरि उक्त सम्झौता भएको हो ।

सम्झौता बमोजिम नर्भिक अस्पतालले नबिल बैंकका डेबिट, प्रिपेड तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई नर्भिक वार्षिक स्वास्थ्य प्याकेजहरुमा ३०% को विशेष छुट, प्याथोलोजी, रेडियोलोजी, सिटी स्क्यान–एमआरआई, मेमोग्राम, सर्जिकल चार्ज लगायत शल्यक्रिया शुल्कहरुमा १०% को विशेष छुट त्यसैगरी अस्पताल भर्ना हुंदा लाग्ने बेड चार्जमा ५% को विशेष छुट दिने सहमती भएको छ ।

माथि उल्लिखित छुटहरुका साथै नर्भिक अन्तराष्ट्रिय अस्पतालले नबिल बैंकका कार्ड प्रयोगकर्ताहरुलाई छिटो चिकित्शा सेवाहरु प्रदान गर्न तत्पर रहनेछ । साथै आपतकालिन अवस्था परेको समयमा अस्पतालले बैंकलाई सूचीबद्घ शुल्कमा एम्बुलेन्स सेवा पनि उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

“ग्राहकहरुलाई अधिक सेवा प्रदान गर्ने हाम्रो प्रयासको निरन्तरता स्वरुप नर्भिक इन्टरनेशनल अस्पतालसंगको यस सम्झौताले हाम्रा कार्ड प्रयोगकर्ताहरुलाई व्यापक स्वास्थ्य सेवाको लाभ पुग्ने हामीलाई विश्वास छ ।” नबिल बैंक लिमिटेडका प्रमुख खुद्रा बैंकिङ्ग निरज शर्माले भने ।”

अस्पतालका कार्यकारी निर्देशक राजेन्द« बहादुर सिहंले नेपाली नागरिकहरुलाई अधिक सेवा पु¥याउने प्रतिबद्धता अनुरुप नबिल बैंकसंग सहकार्य गर्न पाउँदा खुशि लागेको र यो सम्झौताले सेवामा थप एक कदम अगाडी बढेको विश्वास व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप