मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

विवाह शैलीमा ‘बीर बिक्रम–२’ घोषणा

शुक्रबार, १६ कात्तिक २०७५, १३ : ०२
शुक्रबार, १६ कात्तिक २०७५

काठमाडौं – ‘बीर बिक्रम’ चलचित्रको सिक्वेलको रुपमा ‘बीर बिक्रम–२’ निर्माण हुने भएको छ । जिनचिन लगानी सुरक्षित गर्न सफल यो चलचित्रको सिक्वेल बिहिबार एक कार्यक्रमबीच गरिएको हो । 

कार्यक्रममा विवाह शैलीमा कलाकारलाई कार्यक्रम स्थलमा ल्याउँदै  घोषणा गरियो । यही शैलीमा यस अगाडि निर्माता सन्तोस सेनले चलचित्र ‘दीपेन्द्र सरकार’ घोषणा गरेका थिए ।

चलचित्रमा याकको पनि भूमिका भएकाले घोषणा समारोहमा याक नृत्य पनि प्रस्तुत गरियो ।

कार्यक्रममा निर्देशक चाम्सले बीर बिक्रमको भन्दा ‘बीर बिक्रम २’को कथा फरक भएको बताए । चलचित्र दुई साथीहरुको कथामा आधारित रहेकाले उनले भनाई रहेको थियो ।

२६ कात्र्तिकबाट मुस्ताङदेखि छायाँकन सुरु हुने चलचित्रमा वर्षा शिवाकोटी, नजिर हुसेन, आकाश श्रेष्ठ, बुद्धी तामाङ, बिनिसा भण्डारी, शिशिर राणा, क्षितिज सुवेदी, बालकलाकार मनिष लिम्बु सहितको अभिनय रहने छ ।

चलचित्र नयाँ वर्षको अबसर पारेर चैतको अन्तिम साताबाट प्रदर्शनमा ल्याइने बताइएको छ । प्रदीप भारद्वाजले लेखेको यो फिल्ममा सुदिप बरालको छायाँकन, कविराज गहतराजको कोरियोग्राफी, हिमाल केसीको द्वन्द्व निर्देशन, बनिष शाहको सम्पादन, रञ्जित गजमेर, राजनराज शिवोकाटी र ताराप्रकाश लिम्बुको संगीत रहने छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप