बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

औद्योगिक र व्यापारिक क्षेत्र निर्माणका लागि गुरुयोजना बनाइने

आइतबार, ०८ साउन २०७४, १५ : ०६
आइतबार, ०८ साउन २०७४

भद्रपुर - स्थानीय तह दोस्रो चरणको निर्वाचनबाट झापाको भद्रपुर नगरपालिकामा निर्वाचित जनप्रतिनिधिले औद्योगिक र व्यापारिक क्षेत्र निर्माणका लागि गुरुयोजना बनाइने प्रतिबद्धता जाहेर गरेका छन् । 

संवाद समूह झापाद्वारा आज आयोजित ‘विजयी प्रतिनिधिसँगको जिम्मेवारी, जनअपेक्षा, प्राथमिकता चुनौती, समस्या र समाधान’ विषयको एकदिने छलफल कार्यक्रममा नगर प्रमुख जीवनकुमार श्रेष्ठले समग्र नगरको स्तरोन्नतिका लागि सडक विस्तारलाई बढी प्राथमिकतामा राखिएको बताउनुभयो । 
उहाँले चन्द्रगढी विमानस्थल र मेची अञ्चल अस्पतालको स्तरोन्नति, प्राङ्गारिक कृषि उत्पादन, बालमैत्री वडा कार्यालय र भन्सार कार्यलयको व्यवस्थापनलगायत विषयलाई आफूले जति सक्दो छिटो अगाडि लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

नगर उपप्रमुख चन्द्राकुमारी श्रेष्ठले समाजमा रहेको हिंसा न्यूनीकरण गर्न आफ्नो प्राथमिकता रहेको जानकारी दिनुभयो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप