शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दराजले नोभेम्बर ११ लाई विश्वकै सबैभन्दा ठूलो सेल डे को रुपमा मनाउने, उत्सवमा ८० प्रतिशतसम्मको महा छुट

शुक्रबार, १६ कात्तिक २०७५, १२ : ५५
शुक्रबार, १६ कात्तिक २०७५

काठमाडौं । नेपालको नम्बर १ अनलाइन् मार्केट, दराजले यही आउँदो नोभेम्बर ११रकार्तिक २५ गते नेपालको पहिलो अनलाइन किनमेल उत्सवको रुपमा मनाउने तयारी गरेको छ । यो कार्यक्रमलाई बृहत्तर इ–कमर्स संचालक अलिबाबाले आजभन्दा १० वर्षअघि मनाउन शुरु गरेको थियो र आज यो विश्वकै सर्वाधिक ठूलो सेल डे बनिसकेको छ ।

नेपालमा पनि अनलाइन् किनमेलको नयाँ युगको तयारी भएको छ । दराज ११.११ सेल नोभेम्बर ११रकार्तिक २५ गतेको मध्यरातबाट शुरु हुनेछ र ठिक २४ घण्टासम्म खुला रहनेछ । यो बिक्री उत्सवमा ८० प्रतिशतसम्मको महा छुट प्रदान गरिनेछ ।

यो अवधिमा खास नयाँ सामानहरुको लन्च, फ्ल्यास सेल्स, मिस्ट्री बक्स्, ब्राण्ड भौचरहरु र अन्य उपहारहरु दिनभरी नै चल्नेछ । १००० भन्दा बढीको संख्यामा स्थानीय  बिक्रेताहरुका साथ यसभन्दा अघि कहिल्यै नपाइएको डिलहरुको विविधिकरणमा नेपालको अब पहुँच हुनेछ ।

११.११ नयाँ दराज एपको पहिलो मेगा सेल कार्यक्रम हो, यसले प्रयोगकर्ताहरुलाई उत्कृष्ट उत्पादनहरु र डिलहरु प्रदर्शन गरेर वास्तवमै व्यक्तिगत रुपमा अनुभव दिलाउनेछ ।

दराज नेपालका प्रबन्ध निर्देशक राजीव अमात्यले भने “हामी हाम्रा ग्राहकहरुलाई यस्तो चिज दिंदैछौं जुन वहाँहरुले यसभन्दा अघि पहिले कहिल्यै पाउनु भएको थिएनः ११.११ अभियानको साथमा दराजले नेपालको किनमेललाई एक क्रान्तिकारी छवि प्रदान गर्नेछ । कहिल्यै नभएको छुट, कहिल्यै नपाइएको उत्पादन रोजाई, जहाँ नेपालीले लाखौं रुपैयाँ बराबरको पुरस्कारहरु जित्न सक्नेछन् ।”

११.११ मा कस(कसले भारी भरकम छुट दिइरहेका छन् ?

दराज ११.११ सेलले औद्योगीक क्षेत्रका सर्वश्रेष्ठ खेलाडीहरुलाई एकै ठाऊँमा ल्याएको छ । एमआई, वानप्लस, टाइटन, गोल्डस्टार, एडिडास, नाइक, पाल्सोनिक अष्ट्रेलिया, म्यानह्याटन, रीबक, मन्त्र गिटार्स, होम ग्लोरी, जे फिसर, रङ्गोली, सामसुङ्ग, एन्कर, सोनम गीयर्स र होलिडे प्याकेजहरुले आकर्शक डिलहरुका साथ थप भाउचरहरु प्रदान गर्नेछन् ।

हरेक समूह (फोन, फेसन, सौन्दर्य, होम एण्ड लिभिङ, ग्रोसरी, उपकरणहरु, कम्प्युटरहरु, टिभीहरु र अरु पनि धेरै) उत्पादनका विविधिकरणहरु अत्याधिक मूल्य कटौतीका साथ देख्न सकिनेछ । हजारौं ब्राण्डहरु ११.११ को क्रान्तिकारी उत्सवमा सहभागी हुँदैछन्, त्यो पनि उत्कृष्ट मोलहरु र बृहत्तर कम्बो डिलहरु प्रदान गरेर ।

दराज ११.११ लाई कसरी सजिलै प्राप्त गर्न सकिन्छ ?

स्मार्टफोन भएका एकले दराज एप तुरुन्तै डाउनलोड गर्नु पर्छ अनि हजारौ उत्पादनहरुमा पाइने उत्कृष्ट छुट एवं डिलहरुसम्म सहज पहुँच हुनेछ ।

–ग्राहकहरुले दराज एप डाउनलोड गर्नु पर्दछ । उनीहरुले त्यसलाई आफ्नो शपिङ कार्टमा जोड्न सक्नेछन् र नोभेम्बर ११रकार्तिक २५ का दिन फटाफट चेक आउट गर्नका लागि तयार रहन सक्नेछन।

–ग्राहकहरुले डिलहरु र भाउचरहरु उपलब्ध भएको देख्न सक्नेछन् र पछिल्लो डिलहरुको बारेमा जानकार भैरहन ओपचारिक स्टोरहरु फलो गनुपर्नेछ । 

–फ्ल्यास सेल्स, मिस्ट्री बक्स्, अय डिलहरु र भाउचरहरु हरेक घण्टामा प्रस्तुत भैरहनेछन्–ग्राहकले जति धेरै ११.११ मा एप अवलोकन गर्दछ, त्यति नै उत्ृकष्ट अनुभव हासिल गर्नेछ ।

दराज एपसँग क्यूआर कोड स्क्यान गर्नुहोस् र आकर्षक पुरस्कारहरु जित्नुहोस्

एक धमाकाका साथ ११.११ को शुभारम्भ गर्न, दराजले स्ट्याण्डिज र फ्लाएरहरु जस्ता विभिन्न माध्यमहरुमा क्यूआर कोडहरु प्रदर्शन गरिरहेको हुनेछ । यस्ता माध्यमहरु विभिन्न बैकका शाखाहरु, १०० भन्दा धेरै रेष्टुँराहरु, मानव बिलबोर्डहरु जो सार्वजनिक स्थलहरुमा घुमिरहनेछ, दराजको डेलिभरी प्याकेजहरु, र दराज समाजिक सञ्जाल पेजहरु तथा इ– समाचारपत्रहरुमा प्रदर्शित गरिनेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप