एभरेष्ट बैंकले लगानीकर्तालाई २० प्रतिशत नगद लाभांश दिने
शुक्रबार, १६ कात्तिक २०७५, १२ : ०३
काठमाडौँ । एभरेष्ट बैंकले आफ्ना लगानीकर्तालाई २० प्रतिशत नगद लाभांश दिने भएको छ ।
बैंकको बिहिबार बसेको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको २० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।
यद्यपि, यसका लागि राष्ट्र बैंकसँग अनुमति माग्ने बैंकले जनाएको छ ।
लाभांश वित्तरणका लागि राष्ट्र बैंकको अनुमति र कम्पनीको आफ्नै साधारण सभाले पनि पारित गराएको हुनुपर्छ ।
हाल बैंकको चुक्तापुँजी ८ अर्ब २ करोड ६८ लाख ६३ हजार रुपैयाँ रहेको छ । यसअघि सानिमा बैंकले पनि १४ प्रतिशत नगद लाभांश दिने घोषणा गरिसकेको छ ।
यी बैंकहरुले गत आर्थिक बर्षको मुनाफाबाट लाभांश दिने निर्णय गरेका हुन् ।