शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कुनै हरर त कुनै कमेडी, यस्ता आठ फिल्म जसले दर्शकको ज्यानै लियो

शुक्रबार, १६ कात्तिक २०७५, १० : ४३
शुक्रबार, १६ कात्तिक २०७५

संसारभरी ह्यालोविन डे मनाइँदै छ । विशेषगरी सेलिब्रिटीबीच ह्यालोविन पार्टीको निकै क्रेज छ र यो संस्कृति बिस्तारै नेपालमा पनि भित्रिँदै । यस्ता पार्टीमा उपस्थितीका लागि मानिसहरु डरलाग्दो गेटअप र पहिरनमा देखिन्छन् । यस्ता पार्टीमा आफ्नो लुक र पहिरन देखेर सबै डराउन् भन्ने उद्देश्य लिइएको हुन्छ । यही मौकामा आज हामी तपाईंलाई यस्ता फिल्मबारे जानकारी दिँदै छौं जसले दर्शकको ज्यानै लिए । अचम्मको कुरा के छ भने हरर फिल्म मात्र नभई कमेडी फिल्मले पनि दर्शकको ज्यान लिएको छ ।

१. राजू गरी गाडी–२०१५

सात रियालिटी टेलिभिजन शोका प्रतिस्पर्धीको जीवनमा आधारित यो तेलुगु हरर फिल्मले धेरैलाई तर्साएको छ । त्जभजबलकष्लमष्ब।अयm मा छापिएको रिपोर्ट अनुसार हैदराबादमा फिल्मको स्क्रिनिङको क्रममा आएका ५५ वर्षे व्यक्तिले दुईपटक हलबाहिर निस्कने कोसिस गरेका थिए । यद्यपी, जब उनले यस्तो गर्न सकेनन् तब सिटमा बस्दाबस्दै उनको मृत्यु भएको थियो ।

२. द कंजुरिङ टु– सन् २०१६

द कंजुरिङ सिरिज सिनेमा जगतको इतिहासको सबैभन्दा डरलाग्दो फिल्ममध्ये एक भएको बताइन्छ । टाइम्स अफ इन्डियामा छापिएको एक रिपोर्ट अनुसार द कंजुरिङ टु हेरेपछि ६५ वर्षका एक व्यक्तिलाई छातीमा अत्यधिक पीडा भयो र अस्पताल पुर्याउँदा उनलाई मृत घोषित गरिएको थियो ।

३. द प्यासन अफ द क्राइस्ट, सन् २००४

सन् २०४ मा रिलिज भएको यो फिल्म क्राइस्टको जीवनको अन्तिम १२ घण्टामा आधारित छ । फिल्ममा देखाइएको हिंसाका कारण यसको निकै आलोचना गरियो । सिएनएन डटकम मा छापिएको एक रिपोर्ट अनुसार फेब्रुअरी सन् २००४ मा फिल्म हेरेपछि ५६ वर्षे स्कट प्यागीलाई हृदयघात भएको थियो । घटनाको एक महिनापछि ४१ वर्षीय ब्राजिलमा बस्ने जोस जेराडो सारेसको पनि यस्तै हाल भएको थियो ।

४. अवतार, सन् २००९

अचम्मको कुरा के छ भने संसारको सबैभन्दा रोचक फिल्ममध्येको एक ‘अवतार’ ले पनि एक व्यक्तिको ज्यान लिइसकेको छ । मिडिया रिपोर्टका अनुसार ताइवान बस्ने ४२ वर्षे व्यक्तिलाई फिल्म हेरिरहेका बेला हलभित्रै हृदयघात भयो जसका कारण नउको मृत्यु भयो । अवतारको भिजुअल इफेक्ट हेरेर ती व्यक्ति ओभर–एक्साइटेड भएका थिए जसका कारण उनको मृत्यु भएको डाक्टरले आरोप लगाएका थिए ।

५. ग्रान्ड मस्ती, सन् २०१३

ग्रान्ड मस्ती एडल्ट कमेडी फिल्म हुँदाहुँदै पनि यो हेरेपछि २२ वर्षका एक युवकको ज्यान गएको थियो । डिएनएमा छापिएको रिपोर्ट अनुसार मुम्बईमा बस्ने २२ वर्षे मंगेश भोगल प्रेमिकासँग फिल्म हेरिरहेका बेला उनको मृत्यु भयो । त्यहाँ उपस्थित मानिसहरुका अनुसार मंगेश फिल्म हेरिरहेका बेला अत्यधिक हाँसिरहेका थिए । यसैकारण उनको हृदयघात भयो र अस्पताल लैजानुअघि नै उनको मृत्यु भएको थियो ।

६. द एग्जर्सिस्ट, सन् १९७३

वास्तविक घटनामा आधारित फिल्म द एग्जर्सिस्टलाई निकै सफल हरर फिल्म भनिन्छ । यो फिल्म बनाउने क्रममा ९ जनाको मृत्यु भएको बताइएको छ ।

७. एलियन्स, सन् १९८६

डिसेम्बर सन् २०१० मा ‘एलियन्स’ हेरिरहेका बेला आठ कक्षामा पढ्ने विद्यार्थी एम प्रभाकरको मृत्यु भयो । वास्तवमा, हैदराबादमा बस्ने प्रभाकर स्कूल होस्टेलमा पाँच सय विद्यार्थीसँग मिलेर यो फिल्म हेरिरहेका थिए । फिल्मको बीचमा नै उनी बाथरुम जान उठे र त्यहाँ ढले । केही समयपछि विद्यार्थीले उनलाई बाथरुममा लडिरहेको देखे । हस्पिटल पुर्याउँदा उनलाई मृत घोषित गरिएको थियो ।

८. द क्रिपिङ अननोन, सन् १९५५

यो फिल्म एक एस्ट्रोनटको जीवनमा आधारित छ जसले पृथ्वीमा फिर्ता हुने बेला एक संक्रमित एलियनलाई आफूसँगै ल्याउँछन् । यो एलियनले धर्तीमा आतंक मच्चाउँछ । फिल्म हरर फिल्मको इतिहासमा दर्ता गरिएको छ किनभने इलिनोइसमा भएको स्क्रिनिङको क्रममा ९ वर्षे बच्चाको डरका कारण हलभित्र नै मृत्यु भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप