शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सान्नी त्रिवेणी गाउँपालिकाको निर्णयः  कृषि उत्पादनमा बृद्धि

आइतबार, ०८ साउन २०७४, १४ : ५७
आइतबार, ०८ साउन २०७४

कालिकोट–कालिकोट जिल्लाको सान्नी त्रिवेणी गाउँपालिकाको गाउँसभाले कृषि उत्पादनमा बृद्धि गर्ने निर्णय गरेको छ । ‘सुन्दर र समृद्ध गाँउपालिका निर्माणको एकमात्र आधारः जैबिक कृषि उत्पादन, पशुपालन र जडिबुटीको माध्यमबाट निर्यातमुखी अर्थतन्त्रको विकास नै हाम्रो सशक्त अभियान’ भन्ने नाराका साथ सम्पन्न सभाले २२ करोड ८० लाख ४४ हजार रुपैयाँको प्रसतावित बजेट पारित गरेको छ ।


आर्थिक विकास १ करोड ९८ लाख ३५ हजार, सामाजिक विकास ८ करोड ४ लाख, पूर्वाधार विकास ९ करोड १२ लाख ३७ हजार, वातावरण तथा विपद् ब्यवस्थापन २२ लाख ४९ हजार, संस्थागत विकास तथा सेवा प्रवाह ३ करोड १२ लाख ८३ हजार, वित्तीय व्यवस्थापन र सुशासन ३० लाख ४० हजार बजेट पारित गरेको छ ।


आर्थिक विकासको क्षेत्रमा गाँउपालिकामा उत्पादित कृषि र पशुजन्य उत्पादनले उचित सडक संजालमा नजोडिएकोले राम्रो बजार पाउन नसकेको र आर्थिक विकासका सडक पूर्वाधारको राम्रो बिकास गर्ने लक्ष्य अनुसार यस क्षेत्रमा उत्पादित तरकारी, फलफुल तथा पशुजन्य उत्पादन दुग्ध र मासुले यस गाँउपालिकाका नागरिकहरुलाई व्यवसायिकतातर्पm उन्मुख गराउने लक्ष्य रहेको गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर शाहीले बताए । गाउँपालिकामा शिक्षा, स्वास्थ्य, खानेपानी, महिला, बालबालिका, दलित, जनजाति, पिछडा वर्ग, विशेष क्षमता भएका नागरिक तथा जेष्ठ नागरिकहरुको उत्थान र विकासमा साविकका गाउ विकास समितिहरु मार्फत सञ्चालन हुँदै आएका कार्यक्रम तथा योजनालाई अझ परिष्कृत गर्ने लक्ष्य रहेको अध्यक्षले शाहीले बताए । 


भौतिक पूर्वाधार विकासतर्फ गाउँपालिका क्षेत्र भित्रका विगतमा निर्माण भएका सडकको ट्रयाक खोल्नेकाम, गोरेटा, घोरेटा बाटो निर्माण गर्ने र सडकलाई मुख्य बिकासको पुर्वाधार बनाउने सोंचका साथ कर्णाली रोजगार कार्यक्रम मार्फत गत आ.व.को बार्षिक वजेटमा सडकहरुमा रकम विनियोजन गरिएको अध्यक्ष शाहीले बताए । ‘अधिकांस पुर्बाधार निर्माणका काममा विनियोजित वजेट अनुसारको कार्य सम्पन्न भएका छन् ।’ 

के के छन् ५ बर्ष भित्र गाउँपालिका उद्देश्य
–कृषि व्यवसाय, पशुपालन, जडिबुटी उत्पादन र निकासी, पर्यटन, उद्योग तथा व्यापारलाई सहयोग पुग्ने गरी सान्नी त्रिबेणी गाँउपालिकाको मेरुदण्डिय सडक रकु –मेहलमुडी –मुम्रा सडक मार्गको निर्माण गर्ने ।
–जैविक कृषि उत्पादन क्षेत्र घोषणा गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय पर्यटकको नमूना गन्तव्य बनाउने ।  
–सबै वडा कार्यालयहरुलाई सडक संजालले जोड्ने गरि यातायत गुरुयोजना तयार गर्ने ।
– एक टोल एक उत्पादन अबधारणा अनुरुप राष्ट्रिय भु– उपयोग नीति अनुसार कृषि क्षेत्रमा जमिनको विभाजन गर्ने ।  
– गाँउपालिकामा रहेको स्वास्थ्य केन्द्रलाई स्तरोउन्ती गरी अस्पतालकोरुपमा विकास गर्ने ।
– सवै विद्यालयहरुमा गुणस्तरीय शिक्षाको प्रत्याभुती गर्ने ।
–सवैलाई स्वच्छ पिउने पानी पु¥याउने अबधारणा अनुरुप सबै टोलमा खानेपानी उपलब्ध गराउने ।  ्
–पूर्ण सरसफाइ युक्त गाँउ निर्माण गर्ने ।  
–बालमैत्री र वातावरणमैत्री गाँउ निर्माण गर्ने ।
–बालबिवाह, छाउपडी र बालश्रममुक्त गाँउ घोषणा गर्ने । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप