महिला विश्वकप क्रिकेट : इतिहास रच्ने भारतलाई मौका
लण्डन – आयोजक राष्ट्र इंग्ल्याण्ड र भारतबीच महिला विश्वकप क्रिकेटको फाइनल हुँदैछ । बेलायतको लड्र्स क्रिकेट मैदानमा आज दिउँसो खेल हुँदैछ ।
विश्वकपको पहिलो खेलमा भारतसँग पराजित भए यता इंग्ल्याण्डले लगातार ६ वटा खेलमा जित हासिल गरेको छ ।
‘त्यो खेलपछि हामी निकै अघि बढिसकेका छौँ’ इंग्ल्याण्डका फास्ट बलर आन्य स्रुबसोलले भनिन् ,‘हामी सबै मिलेर उत्कृष्ट खेल खेलिरहेका छौँ । आइतबार के हुन्छ, त्यो हेर्न बाँकी छ ।’
यता, भारतले पनि सेमिफाइनलमा ६ पटकको विजेता अस्ट्रेलियालाई हराएको कारण उसको मनोबल उच्च हुनेछ ।
हर्मनप्रीत कौर देखि कप्तान मिथाली राज उत्कृष्ट लयमा देखिएकी छिन् । १२ वर्षपछि विश्वकपको फाइनलमा पुगेको महिला टोलीका प्रत्येक सदस्यका लागि लागि भारतीय क्रिकेट बोर्डले ५० लाख रुपैयाँ नगद पुरस्कार दिने घोषणा गरिसकेको छ ।
लर्डसमा हुने खेलमा करिब २७ हजार दर्शन सहभागी हुने बताइएको छ । जुन महिला क्रिकेटका लागि नयाँ किर्तिमान हुनेछ ।
यता, आइसीसीले पनि प्रतियोगिताको विजेताका लागि दिइँदै आएको २ लाख डलरको पुरस्कार राशी बढाएर २० लाख डलर पुर्याएको छ ।
तथ्यांकमा खेल
– यदी भारतले आजको फाइनल खेल जिते यो उपाधिमा कब्जा जमाउने भारत मात्र चौँथो राष्ट्र हुनेछ ।
– इंग्ल्याण्डले आफ्ना पछिल्ला २ विश्वकप फाइनल जितेको छ । सन् १९९३ र २००९ मा दुवै पटक न्युजिल्याण्डलाई हराएको थियो ।
– भारतले पछिल्ला १९ मध्ये १६ एकदिवसीय खेल जितेको छ ।
– पछिल्ला चारमध्ये तीन फाइनल पहिलो ब्याटिङ गर्ने टोलीले जितेको छ ।
– सन् २०१२ पछि दुवै टोलीले एक अर्काविरुद्ध १–१ को जीत निकालेका छन् ।
– दिप्ती शर्मा महिला विश्वकपमा २ सय पुर्याउने सबैभन्दा कम उमेरकी खेलाडी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४९ रनमा आउट भए आयरल्यान्डका ओपनर पिटर मुर, आरिफ शेखले बोल्ड गरे
-
गुणस्तरीय काम नहुँदा राज्यलाई अतिरिक्त दायित्व थपियो : प्रधानमन्त्री
-
सागर ढकालले लिए आयरल्यान्ड ‘ए’ को दोस्रो विकेट
-
आगामी वर्षको नीति, कार्यक्रम र बजेट बनाउन म आफैँ कमान्ड गर्दैछु : प्रधानमन्त्री
-
ब्राजिलमा कोकिनको क्याप्सुल निलेर नेपालमा तस्करी
-
इलाम-२ मा रास्वपाको उम्मेदवारी घोषणा शनिबार