शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सिक्किममा जारी गभनर्स गोल्ड कप– मनाङ मस्याङ्दी क्लब फाइनलमा

बिहीबार, १५ कात्तिक २०७५, १९ : ३३
बिहीबार, १५ कात्तिक २०७५

काठमाडौँ– मनाङ मस्याङ्दी क्लब भारतको सिक्किममा जारी गभनर्स गोल्ड कप फुटबल प्रतियोगिता फाइनलमा पुगेको छ । 

सिक्किमको ग्यान्टोकस्थित पाल्चोर रङ्गशालामा आज भएको खेलमा कोलकाता एटिके क्लबलाई ६–२ को फराकिलो गोल अन्तरले पराजित गर्दै मनाङ फाइनल पुगेको हो । 

मनाङको जितमा डोना थापाले ह्याट्रिक गरेका थिए । त्यस्तै अञ्जन विष्ट, सुजल श्रेष्ठ र विमल बस्नेतले एक÷एक गोल गरेका थिए । 

खेलको शुरुआतदेखि उत्कृष्ट प्रदर्शन गरेको मनाङले आठौँ मिनेटमा अञ्जन विष्टको गोलमार्फत अग्रता बनायो । त्यसपछि ४३ औँ मिनेटमा डोना थापाले गोल गरे । पहिलो हाफको इन्जुरी समयमा एटिकेले एक गोल फर्काएको थियो । दुई गोल गरेको मनाङले दोस्रो हाफमा चार गोल गर्यो ।

५३ औँ मिनेटमा डोनाले व्यक्तिगत तेस्रो गोल गरे । ७६औँ मिनेटमा विमल रानाले चौथो गोल गरे । त्यसपछि ८३औँ मिनेटमा डोनाले गोल गर्दै व्यक्तिगत ह्याट्रिक पूरा गरे । ८५ औँ मिनेटमा सुजल श्रेष्ठको गोलमार्फत मनाङले अन्तर ६–१ मा पुर्यायो । खेलको अन्तिम मिनेटमा एटिकेले एक गोल फर्काएको थियो । 

प्रतियोगितामा सहभागी नेपालको अर्को टोली सशस्त्र प्रहरीको एपिएफ क्लब भने पहिलो खेलबाटै बाहिरिएको थियो । मनाङले भने सोझै क्वाटफाइनलमा प्रवेश पाएको हो । 

बाइ पाएर सोझै क्वार्टफाइनल खेलको मनाङले मङ्गलबार भारतीय क्लब कोलकाता कस्टम्सलाई ४–२ ले हराउँदै सेमिफाइनल पुगेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप