बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

साउन महिनामा के नखाने, आयुर्वेदको यस्तो सल्लाह

आइतबार, ०८ साउन २०७४, १४ : ३८
आइतबार, ०८ साउन २०७४

साउन महिनालाई उत्तम महिनाको रुपमा लिइन्छ तर यो महिनामा बिरामी हुने सम्भावना पनि धेरै हुने गर्दछ । त्यसकारण स्वास्थ्य विज्ञ यो महिनामा खान–पिनमा विशेष ध्यान राख्न सल्लाह पनि दिन्छन् । उत्तराखण्ड आयुर्वेदिक विश्वविद्यालय, हरिद्वारका स्वास्थ्य वृत्त विभागका एचओडी डा. अवधेश मिश्रका अनुसार आयुर्वेदमा साउन महिनामा खानपिनको विषयमा विशेष निर्देशन दिइएको छ । जुन यसप्रकार छ ।

हरियो सागसब्जीः

यो महिनामा पात भएका सागसब्जीमा ब्याक्टेरिया र किराहरु अत्यधिक हुनेगर्दछ । यो खाँदा पेटको समस्या हुने सम्भावना अत्यधिक हुन्छ ।

भ्यान्टाः

आजकाल भ्यान्टामा धेरै किरा पाइन्छन् । यसका साथै, पाचन कमजोर हुने भएकाले भ्यान्टाको सेवनले ग्याँस बन्ने सम्भावना हुन्छ ।

दहीः

यो चिसो हुने भएकाले यसले नोक्सानी पुर्याउने गर्दछ । रुघा–खोकी, घाँटी सम्बन्धि रोग हुनसक्छ ।

दूधः

यो मौसममा दुध पिउँदा ग्याँस र पेटको समस्या हुने सम्भावना अत्यधिक हुने गर्दछ ।

तारेका खानेकुराः

यो मौसममा पाचन तन्त्र कमजोर रहने गर्दछ त्यसकारण धेरै चिल्लो, मसालेदार र भारी खानेकुरा खानु हुँदैन ।

के खाने ?

आयुर्वेदका अनुसार यो महिनामा चाँडै पच्ने, ताजा र तातो खानेकुरा खानुपर्छ ।

लौका–गोलभेडाः

यो महिनामा लौका, गोलभेडाजस्ता चाँडै पच्ने खालका खानेकुरा खानुपर्छ ।

स्याउ, केराजस्ता फलः

आयुर्वेदका अनुसार साउन महिनामा स्याउ, केरा, अनार, नास्पाती, आँप जस्ता मौसमी फलफूलको सेवन गर्नुपर्छ ।

गेडागुडीः

साउन महिनामा पुरानो चामल, गहुँ, मकै, मूंग र रहरको दाल खानुपर्ने हुन्छ ।

तातो खानेकुराः

यो मौसममा तातो र ताजा खानेकुरा, तातो झोल पदार्थ धेरै खानुपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप