शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकामा यसरी मनाए नेपालीले हालोविन पर्व

बिहीबार, १५ कात्तिक २०७५, १३ : ३२
बिहीबार, १५ कात्तिक २०७५

विजय थापा
अमेरिका– अमेरिकामा बसोबास गर्ने नेपालीहरुले प्रत्येक बर्षको अक्टोबर ३१ तारिखमा पर्ने हालोविन पर्व यस वर्ष पनि मनाएका छन् । अमेरिकामा विभिन्न राज्यमा यो पर्व समय फरकफरक समयमा मनाउने गरिन्छ । सामान्यतया नेपालीहरुको महान चाड दशैँपछि र तिहारअघि पर्ने हालोविन पर्व अमेरिकामा जन्मेका दोश्रो पुस्ता तथा छोराछोरीको साथमा अभिभावक सहितले मनाउने गर्छन् ।

नेपाली चाडपर्वका साथै अमेरिकामा मनाइने ईसाई पर्व (क्रिसमस )थाङ्क्स गिभिङ्ग (धन्यवाद दिवस)सहित हलोविन पर्वलाई अमेरिकामा रहेका नेपाली समुदायले मनाउदै आएका छन् ।  नेपालीहरुले तिहारमा देउसी भैलो खेले झैँ अमेरिकाका बालबालिकाहरुले ट्रिक अर ट्रीटिंग अर्थात छल या व्यवहार गर भन्दै हालोविन पर्व मनाउँछन् । यो पर्वलाई ह्यापी हालोविन भन्ने पनि गरिन्छ ।

यो पर्वमा प्रायजसो कालो रंगको पोशाक लगाउँछन् । साथै भूतप्रेतका विभिन्न रङ्गका पोसाकमा सहभागि हुने बालबालिकाले आफूले ल्याएको झोलामा मिठाई माग्ने र घरधनीले झोला लिएर आएकालाई विभिन्न प्रकारका मिठाई दिने गर्छन । हेलोविन खेल्न आउनेलाई पैसा भने दिनु पर्दैन । 

हालोविन के हो ? किन मनाइन्छ ?

हालोविन वा ह्यालविन (अल ह्यालज् इभिनिङको छोटकरी) विश्वका धेरै मुलुकहरुमा प्रत्येक वर्ष अक्टोबर ३१ मा मनाइने पर्व हो । हलोविन इसाईहरूको एक चाड हो । हलोविन अक्टोबर महिनाको अन्तिम दिन मनाइन्छ । यो चाड इसाई धर्ममा ज्यादा प्रचलित छ ।

गर्मीलाई बिदाई गर्न यो चाड मनाइन्छ । यो चाड पश्चिमा देशहरू संयुक्त राज्य अमेरिका, क्यानडा, स्कटल्यान्ड, न्युजिल्यान्ड आयरल्यान्ड, संयुक्त अधिराज्य, जर्मनी जस्ता देशमा बढी मात्रामा मनाइन्छ । यी बाहेक अरु देशमा पनि मनाइन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप