शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

इरानको नयाँ क्षेप्यास्त्र : १२० किलोमिटर टाढाबाट एकै पटक १२ विमान खसाल्न सक्ने

आइतबार, ०८ साउन २०७४, १४ : ०६
आइतबार, ०८ साउन २०७४

तेहरान – इरानले नयाँ प्रविधियुक्त हवाई सुरक्षा क्षेप्यास्त्रको निर्माण शुरु गरेको छ ।


यो नयाँ हतियारको नाम सयाद–३ दिइएको छ, जसको अर्थ पारसीमा ‘शिकारी’ हुन्छ । यसले १२० किलोमिटर टाढासम्म लक्ष्यलाई हिर्काउन सक्ने र २८ किलोमिटर उचाइँसम्म पुग्न सक्ने बताइएको छ ।


इरानका हवाई सुरक्षा प्रमुख बिग्रेडियर जनरल फरजाद इस्माइलीले क्षेप्यास्त्रबारे अयोजित एक कार्यक्रममा यो विशुद्ध घरेलु प्रविधिबाट निर्माण गरिएको बताए ।
यता, रक्षामन्त्री जेनेरल हुसेन देहघानले स्थानीय मिडियासँग कुराकानी गर्दै यो नयाँ शस्त्रले ३० वटा लक्ष्य पछ्याउन सक्ने र एकै पटक १२ वटामा आक्रमण गर्न सक्ने बताए ।


उनले भने, ‘सयाद ३ नयाँ प्रविधिले निर्माण गरिएको छ । यो ड्रोन, स्टील्थ विमान, क्रुज मिसाइल, हेलिकप्टर र अन्य विमानहरुजस्ता चुनौतीविरुद्ध प्रभावकारीरुपमा प्रयोग गर्न सकिनेछ ।’


देहघानले इरान यस क्षेत्रको शान्ति र सुरक्षाको रक्षक भएको बताउँदै छिमेकीहरु आफूहरुको क्षमता र शक्तिबाट आत्तिनु नपर्ने बताए ।


इरानसँग यसअघि नै रसियामा बनेको एस–३०० सरफेस टु एर मिसाइल रहेको छ । यसलाई गत अगस्तमा फोर्डो परमाणु क्षेत्रमा तैनाथ गरिएको थियो ।


नेटोले इरानको पछिल्लो क्षेप्यास्त्रलाई विश्वकै नयाँ प्रविधिबाट बनेको बताएको छ ।


इरानले आफ्नो परमाणु कार्यक्रमलाई अमेरिका र इरानबाट हुनसक्ने सम्भावित आक्रमणबाट बच्न रक्षात्मक प्रणालीलाई बलियो बनाउँदै लगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप