शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

अत्यधिक मेकअप गरी महिलाको भेषमा भाग्न खोज्ने आइएसका लडाकू दाह्री जुङ्गा नकाटेका कारण पक्राउ

आइतबार, ०८ साउन २०७४, १३ : ००
आइतबार, ०८ साउन २०७४

आइएसआइएसका लडाकू अत्यधिक मेकअप गरी महिलाको भेषमा मोसुलबाट भाग्न प्रयास गरिरहेका कारण पक्राउ परेका छन् । उनी पक्राउ पर्नुको पछाडि निकै रोचक कारण छ । अत्यधिक मेकअप गरेका उनले दाह्री–जुङ्गा काट्न बिर्सिएका कारण उनी पक्राउ परेका हुन् ।

आइएसआइएसका लडाकूले भाग्नका लागि महिलाको पहिरन लगाए, भद्दा मेकअप गरे  तर दाह्री जुङ्गा भने काट्न बिर्सिए ।

समय परिवर्तनशील छ, जुन इस्लामिक स्टेटका लडाकूलाई देखेर मानिसहरु विचलित हुन्थे आज उनीहरु इराकी फौज हावी भएपछि शहर छोडेर भाग्नका लागि अचम्मका तारिका अपनाइरहेका छन् । कोही महिलाको भेषमा भागिरहेका छन् भने कोही अत्यधिक मेकअप गरेर बच्ने उपाय लगाइरहेका छन् । तर आफ्नो मूर्खताका कारण पक्राउ पनि परिरहेका छन् ।

यस्तैमा, एक लडाकूलाई पक्राउ गरियो जसले महिलाको रुप धारण गर्नका लागि आफ्नो तर्फबाट पूर्ण कोसिस गरे । उनले ओठमा रातो लिपस्टिक लगाएका थिए, मस्कारा पनि लगाएका थिए । आँखामा मज्जाले देखिने प्याजी रङको आइस्याडो पनि लगाए र ब्लसरको पनि प्रयोग गरे । उनले अनुहारमा एक दुई ठाउँमा कोठी पनि लगाउन भ्याए । यी सबै कुरा गर्न भ्याए तर आफ्नो दाह्री जुङ्गा काट्न पनि बिर्सिए ।

उनको तस्बिर इराकी सैनिकले जारी गरेको हो । सैनिकले जारी गरेको अन्य तस्बिरमा  एक लडाकूले लिपस्टिक लगाए, दाह्री–जुङ्गा पनि काटे । विग पनि लगाए र ब्रासमेत । तर उनले आफ्नो छातीको रौं फाल्न बिर्सिए जुन उनले लगाएको टपबाट स्पष्ट देखिरहेको थियो ।   

स्मरण रहोस्, सेना वा पुलिसले घेरिएपछि आफ्नो ज्यान बचाएर भाग्ने प्रयासमा महिलाको भेष धारण गर्नु आइएस लडाकूको पुरानो तरिका हो । योभन्दा पहिले कश्मि र इज्प्टिमा पनि चरमपन्थीहरुले यस्तै कोसिस गरेको अवस्थामा पक्राउ परेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप