शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

श्याओमीको पोकोफोन एफवान नेपाली बजारमा, यस्ता छन् फिचर्स

बुधबार, १४ कात्तिक २०७५, १८ : ४८
बुधबार, १४ कात्तिक २०७५

काठमाडौं । अन्तर्राष्ट्रिय मोबाइल निर्माता श्याओमीले नेपाली बजारमा पहिलो पटक आफ्नो पोकोफोन सबब्राण्डको पोकोफोन एफवान स्मार्टफोन भित्र्याएको छ । श्याओमी भित्रकै निकै अनुभवी टोलीबाट निर्मित पोकोफोनले स्मार्टफोन प्रयोगको अनुभवलाई झन्झटमुक्त बनाउने कम्पनीको दावी छ ।

आज सार्वजनिक भएको पोकोफोन एफवान, पोकोफोन ब्राण्डको पहिलो स्मार्टफोन हो । यो स्मार्टफोनले ब्राण्डको मिसनलाई राम्रोसंग बाँधेर राखेको छ । यो फोनको विशेषता भनेको यसमा प्रयोग भएको अत्याधुनिक क्वालकोम स्नापड्रागन ८४५ प्लाटफर्म, प्रभावशाली लिक्विड कुल टेकनोलोजी कुलिङ्ग सिस्टम र ४००० एमएएचको ब्याट्री हो ।

श्याओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारी भन्छन् “पोको मतलब सानो । हाम्रो सोच भनेको सानो तरिकाले सुरुवात गर्ने तर ठूलो सपना देख्न नछोड्ने हो । पोको श्याओमी भित्रको एउटा सानो अंश हो ।

पोकोले शून्यबाट नै स्वतन्त्र तरिकाले आफ्नो प्रोडक्टमा कसरी धेरैभन्दा धेरै विकल्पहरु र अत्यावश्यक प्रविधिको दिने कुराहरुमा ध्यान दिएको छ । त्यसैले हामीहरुले यस्तो स्मार्टफोन बनाएका छौं जसले पत्याउनै नसकिने पर्फरमेन्स दिन्छ । यसको समय सापेक्ष प्रविधिले टेक्नोलोजी उत्साही जमातलाई अवश्य पनि तान्ने छ ।”        

नवीन र शक्तिशाली यो स्मार्टफोन अत्यन्त आकर्षक मूल्यमा किन्न पाइनेछ । श्याओमीको विशेषता भनेकै सही मूल्यमा धेरैभन्दा धेरै आकर्षक सामान बजारमा ल्याउनु हो । कात्तिक २५ बाट ३४,९९९ मा यो स्मार्टफोन सजिल्यै किन्न पाइनेछ । यसमा ६ जिबिको ¥याम र ६४ जिबिको रोम हुनेछ ।

पोकोफोन एफवान, मास्टर अफ स्पीड

पोकोफोन एफवान गेमिङ्गको गर्नको लागि र ठूला किसिमका आप्लिकेशन प्रयोग गर्न रुचाउने उपयोगकर्ताहरुको लागि उपयुक्त स्मार्टफोन हो । यसमा रहेको शक्तिशाली क्वालकोम स्नापड्रागन ८४५ एसओसी र लिक्विडकुल कुलिङ्ग प्रविधिले सिस्टम स्लो हुने र फोन तात्ने समस्याबाट प्रयोगकर्ताहरुलाई मुक्त गर्नेछ साथै लामो समयसम्म उच्च परफर्मेन्स दिनेछ ।

विविध आन्तरिक परिक्षणले यो फोनको सिस्टम अरु साधारण फोनको सिस्टम भन्दा ३०० प्रतिशतले प्रभावकारी भएको देखाएको छ । कारण यसले सिपियूमा आउने तातोपनलाई छिटै चिसो बनाउँछ ।
साथसाथै, पोकोफोन एफवानमा भएको ४००० एमएच ब्य्याट्रीबाट ८ घण्टासम्म लगातार गेमहरु खेल्न सकिन्छ ।  

एआई डुअल क्यामेरा र २० एमपीको फ्रन्ट क्यामेराबाट अब असीमित रुपमा फोटो खिच्न सकिनेछ । पोकोफोनको क्यामेराले १२ एमपी सोनी आइएमएक्स ३६३ प्राइमेरी सेनसर जसको डुअल पिक्सल अटोफोकसले लो लाइट र ब्याकलिट भएको अवस्थामा पनि राम्रो फोटो निकाल्छ ।  

पोकोफोन एफवानको अगाडिपट्टी २० एमपीको सेनसर छ जसको सुपर पिक्सल प्रविधिले चार पिक्सलको जानकारी जोडेर एउटा १.८ माइक्रोमिटर पिक्सलमा परिवर्तन गर्नसक्नेछ । यो गर्दा फोटोहरु सफा र नोइजमुक्त हुनेछन् ।

पछाडिपट्टी र अगाडिपट्टीका दुवै क्यामेरामा एआई सुविधाहरु छन् । जस्तैः एआइ पोर्टेट, एर्आइ ब्यूटिफाइ र एआइ सिन डिटेक्सन ।  पोकोफोन एफवान ग्राफाइट ब्ल्याक र स्टिल ब्लू ब्याक कभरमा उपलब्ध छ । यो फोन दराज डटकमबाट केवल ३४,९९९ मा किन्न पाइनेछ । दराजको ११.११ सेलमा यो फोनको ६ जीबी ं ६४ जीबी मोडल ३३,९९९मा उपलब्ध हुनेछ । यो अफर कात्तिक २५ बाट सुरु हुनेछ ।

श्याओमी 

श्याओमी कर्परेसनको स्थापना सन् २०१० को अप्रिलमा भएको हो र जुलाई २०१८ मा यो कम्पनिले हङ्गकङ्ग स्टक एक्चेन्जको मेन बोर्डको सूचीमा परेको छ । श्याओमी एउटा इटरनेट कम्पनि हो जसको स्मार्टफोन र स्मार्ट हार्डवेयर आइओटी प्ल्याटफर्मसंग जोडिएको छ ।  

श्याओमी संसारकै चौथो ठूलो स्मार्टफोन ब्राण्ड हो । यसले संसारकै सबैभन्दा ठूलो आइओटी उपभोगता प्लाटफर्म स्थापना गरेको छ । यस प्लाटफर्मको उपयोग १० करोड स्मार्ट डिभाइसहरुले गर्छन् । अहिले श्याओमीको उत्पादनहरु ७० भन्दा धेरै देश र क्षेत्रहरुमा प्रयोग हुन्छन् ।      


 


                
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप