शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

चीनको ‘२१औँ सताब्दी समुन्द्री सिल्क रोड एक्स्पो २०१८’ मा पाटा नेपाल

बुधबार, १४ कात्तिक २०७५, १८ : २४
बुधबार, १४ कात्तिक २०७५

काडमाण्डौ । चीनको ग्वाङ्गजाओ मा अक्टोवर २४ देखि २६ सम्म आयोजित २१औँ सताब्दी समुन्द्री सिल्क रोड एक्स्पो २०१८ मा नेपालले सहभागिता जनाएको छ ।

विश्वभरीका ४६ मुलुकहरु बाट ८०० भन्दा बढी प्रतिनिधिहरुको सहभागिता रहेको उक्त एक्स्पोमा नेपाल डेलिगेशन को अगुवाई पूर्व उपप्रधान मन्त्री नारायण काजी श्रेष्ठले गरेका थिए । सो एक्स्पोमा नेपाली टोली अन्तर्गत पाटा नेपालका पदाधिकारीहरु श्ुानिल शाक्य (अध्यक्ष), सुमन पाण्डे (निवर्तमान अध्यक्ष), लीलाधर भण्डारी (वैकल्पिक सदस्य) सहित कर्णाली प्रदेशका सरकारी पदाधिकारीहरु सहित १९ जनाले सहभागिता जनाएका छन् ।

कार्यक्रममा अक्टोवर २५ र २६ तारिखका दिन “बेल्ट एण्ड रोड ग्रिन ईन्डष्ट्रिअल इन्टिग्रेरेशन फोरम” मा हरीत वाणिज्य, पर्यटन, साँस्कृतिक तथा प्राविधिक उद्योगहरुको अन्तर्राष्ट्रिय संयोजन सम्बन्धित महत्वपुर्ण विषयहरुमा छलफल गरीएको थियो, जहाँ पाटा नेपाल च्याप्टरका अध्यक्ष शुनिल शाक्यले नेपालको तर्फबाट प्रस्तुती दिएका थिए । उनले नेपालमा विशेष गरी पर्यटनक्षेत्र तथा विविध अन्य क्षेत्रहरुमा लगानीको अवसर बारे प्रकाश पारेका थिए ।

“द बेल्ट एण्ड रोड” को पहलले नेपालको विकासमा पु¥याउने महत्वपुर्ण योगदान वारे उल्लेख गदै बर्तमान परिपेक्षमा नेपाली पर्यटनको विकासका लागि पूर्वाधारमा लगानी अपरिहार्य रहेको बताउँदै सरकारी, सरकारी–निजि वा निजि तहका विविध क्षेत्रमा चिनियाँ लगानी कर्ताहरुका लागि प्रयाप्त अवसरहरु रहेको बताए ।

यस सन्दर्भमा पर्यटन सम्बन्धित एअरपोर्ट, एअरफिल्ड, कार्गो टर्भिनल, एअर कोरिडोर, हाइवे, डिलक्स होटेल, रिसोर्ट, क्यासिनो, सपिङ्ग मल, थिम पार्क, लक्जरी तथा विद्युतीय लगायत थुपै क्षेत्रमा लगानी गर्न वहाँले चिनीयाँ प्रतिनिधि तथा सरोकारवालाहरु लाई आह्वान समेत गरे । 

साथै, चिनियाँ सरकारद्धारा प्रस्तावित “द बेल्ट एण्ड रोड” को पहलमा साझेदारी, सहकार्य र सहभागिताले नेपालमा हवाई सेवा सवलीकरण तथा माईस टुरिजम  वृद्धि र विकासमा समेत ठुलो सहयोग पुग्ने पाटा नेपालका अध्यक्ष सुनिल शाक्यले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप