बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

‘यस वर्षको तिहार झनै झिलिमिली, विद्युत प्राधिकरणका २ हजार कर्मचारी स्ट्यान्डबाई’

बुधबार, १४ कात्तिक २०७५, १६ : ०६
बुधबार, १४ कात्तिक २०७५

काठमाडौँ । यस वर्षको तिहार अन्र्तगत दिपावलीको दिन विद्युत आपूर्तिमा कुनै समस्या नहुने विद्युत प्राधिकरणले जनाएको छ । प्राधिकरणले बुधबार गरेको पत्रकार सम्मेलनमा बोल्दै कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत आपूर्तिमा कुनै प्रभाव नपर्ने र सर्वसाधारणले दिपावली सहज रुपमा गर्न सक्ने बताएका छन् । 

पत्रकारहरुसँग कुरा गर्दै निर्देशक घिसिङले भने– ‘गत बर्षभन्दा धेरै सहज भएको छ । कतै प्राविधिक समस्या आयो भने मात्र हो नत्र विद्युत आपूर्तिमा समस्या छैन । सबैभन्दा बढी पिक समयमा १२ सय ७० मेगावाट माग हुन सक्ने हाम्रो अनुमान हो । १३ सय ५० मेगावाटको माग भयो भने पनि व्यवस्थापन गर्छौँ ।’

अनुमानभन्दा बढी विद्युत माग भएपनि व्यवस्थापन गर्ने उनले बताए । प्राधिकरणले दिपावलीका बेला कतै विद्युत आपूर्ति बन्द नहोस् भनेर आन्तरिक तयारीसमेत थालेको छ । प्राधिकरणले देशभर रहेका नोलाइट र सबस्टेशनमा झन्डै २ हजार कर्मचारीलाई स्ट्यान्डबाई अवस्थामा राख्नेछ । 

विद्युत आपूर्ति गर्ने सबै विद्युत गृह स्ट्यान्डबाई अवस्थामा रहेको, ट्रान्सफर्मरहरुको मर्मत तथा तेल राख्ने काम भइरहेको कमजोर तथा लोड बढी हुने लाइनहरुको मर्मत गर्ने काम भइरहेको कार्यकारी निर्देशक घिसिङले रातोपाटीलाई जानकारी दिए ।

उनले भने– ‘जहाँ क्रिटिकल हुन्छ, लोड बढी हुन्छ त्यहाँ मर्मतका लागि नोलाइटहरुलाई स्टान्डबाई राखेका छौँ । लाइन गयो भने तुरुन्तै मर्मत हुने व्यवस्था गरेका छौँ ।’  

यस्तै विद्युत उपकरणमा प्राविधिक समस्या आएमा तत्काल मर्मतका लागि नोलाइट शाखाहरुलाई अर्लट अवस्थामा राखिएको छ भने वितरण फिडर ओभरलोड नहोस भनेर अन्यत्र जाने व्यवस्था गरेको छ । विद्युत प्राधिकरणको देशभरका शाखा प्रमुख, सबस्टेशन इन्र्चाज र नोलाइटका कर्मचारी समान्य दिनको भन्दा दिपावलीका दिन बढी सर्तक भएर काम गर्नेछन् ।

प्राधिकरणका देशका डेढ सय सबस्टेशन र १ सय १० नोलाइटहरु दिपावलीका दिन बढी सक्रिय हुने प्राधिकरणको भनाई छ । 

तिहार अन्र्तगत दिपावलीको दिन नेपालमा सर्वाधिक विद्युत माग हुने गर्छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप