शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

आगलागी पीडितले पाए ३ लाख राहत

बुधबार, १४ कात्तिक २०७५, १२ : ५९
बुधबार, १४ कात्तिक २०७५

जुम्ला– चन्दननाथ नगरपालिका–२ का आगलागी पीडित कर्णबहादुर कुमाईंलाई राहत रकम हस्तान्तरण गरिएको छ । नगरपालिकाका नगरप्रमुख कान्तिका सेजुवालले उनलाई राहत रकमस्वरुप मङ्गलबार रु तीन लाख ५० हजारको चेक हस्तान्तरण गरेका हुन् । 

गत साउन ९ गते राति कुमाईंको घरमा आगलागी हुँदा उनका तीन वर्षीया छोरीको मुत्यु भएको थियो । जिल्ला प्रशासनको राहत उद्धार कोषबाट मृतकको परिवारलाई गत साउन १० गते रु एक लाख १५ हजार राहत प्रदान गरेको थियो । 

घरभित्र बालिका छ भन्ने थाहा हुँदा पूरै जलिसकेको बताइएको छ । आगो निभाउन पानीको स्रोत नभएकाले उद्धार गर्न नपाउँदा बालिकाको जलेर मृत्यु भएको हो । घर जलेपछि अन्न, लत्ताकपडा सबै जलेर नष्ट भएको थियो । प्रहरी घटनाको मुचुल्कामा झण्डै रु २३ लाख बराबरको क्षति भएको जनाइएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप