बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बुटवलमा १३ जुवाडे पक्राउ, ५ लाख नगद बरामद

बुधबार, १४ कात्तिक २०७५, १२ : २०
बुधबार, १४ कात्तिक २०७५

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले ट्राफिकचोक र कालिकानगरबाट १३ जना जुवाडेलाई पक्राउ गरेको छ ।

प्रहरीले बुटवलको ट्राफिकचोक होटल झिमाबाट ८ जना जुवाडे र  नगद ३ लाख ९४ हजार रुपयाँ नियन्त्रणमा लिएको छ ।

यस्तै कालिकानगर स्थित कुसुम खड्काको घरबाट ५ जना जुवाडे र ८४ हजार नगद नियन्त्रमा लिएको इलाका प्रहरी कार्यालय बुटवलका डि.एस.पी. डिल बहादुर मल्लले बताए ।

 जुवा खेलिरहेको अवस्थामा नगद सहित पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालयमा राखिएको र उनीहरुलाई जुवा ऐन अन्तर्गत कारवाही प्रक्रिया आगडि बढाउने प्रहरीले जनाएको छ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप