केन्द्रीय संस्करण

चिकित्सकबिहीन बन्यो स्वास्थ्यचौकी

person access_timeकात्तिक १४, २०७५ chat_bubble_outline0

मुसिकोट– रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–३ स्थित खारानेटा स्वास्थ्यचौकी चिकित्सकबिहीन छ । पाँच शय्याको उक्त स्वास्थ्यचौकीमा चिकित्सक नहुँदा बिरामी मारमा परेका छन् । 

नेपाली सेनाको देवीदल गणले गत जेठमा उक्त स्वास्थ्यचौकी भवन निर्माण गरेको हो । 
करीब रु २० लाखको लागतमा शौचालय र स्नान कक्षसहित गाउँपालिका केन्द्र नजिकै सो स्वास्थ्यचौकी सञ्चालनमा आएको हो । नेपाली सेनाले स्वास्थ्यचौकी भवन निर्माण गरी गाउँपालिकालाई हस्तान्तरण गरेको थियो । 

चिकित्सक नहुँदा उपचारका लागि आउने बिरामी उपचार नगरिकनै फर्कने गरेका छन् । 
स्थानीयवासी धनमाया ओलीका अनुसार स्वास्थ्यचौकी सधैँ बन्द रहन्छ । “घर नजिकै अस्पताल बन्यो, चिकित्सक छैनन्”, उनले भने ।
 यहाँका बिरामी सदरमुकाम सल्ले, दाङ, नेपालगञ्जलगायत ठाउँमा उपचारका लागि जान बाध्य छन् । त्रिवेणी गाउँपालिकाका सूचना अधिकारी मानबहादुर खत्रीले आवश्यक दरबन्दी अनुसार कर्मचारी माग गरिएको बताए । 
 

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ