मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

गृहमन्त्री र रक्षामन्त्रीसँग प्रधानमन्त्रीले गरे अस्पतालमै छलफल

बुधबार, १४ कात्तिक २०७५, १० : २२
बुधबार, १४ कात्तिक २०७५

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार भएको छ ।

मनमोहन कार्डियोथोरापी भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक उत्तमकृष्ण श्रेष्ठका अनुसार प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था क्रमश सुधार हुदै गएको हो । 

चिकित्सकहरुका अनुसार प्रधानमन्त्री ओली मंगलबार अघिल्लो दिनको तुलनामा राम्ररी सुतेको तथा खाना समेत राम्ररी खाएका छन् । 

बुधबार बिहानको स्वास्थ्य परिक्षणका रिपोर्टहरु पनि सन्तोषजनक रहेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ । 

प्रधानमन्त्री ओलीले बुधबार बिहान गृहमन्त्री रामबहादुर थापा र रक्षामन्त्री ईश्वर पोखरेलसँग अस्पतालमै छलफल समेत गरेको अस्पतालले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप