बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

२१ वर्षपछि आखिर किन बन्द भयो सिआइडी ?

बुधबार, १४ कात्तिक २०७५, ०८ : ४७
बुधबार, १४ कात्तिक २०७५

बीबीसी /सूर्यांशी पाण्डेय

अब एसिपी प्रद्युम्नले हरेक अनुसन्धान अघि ‘केही त गडबड छ दया’ भन्ने छैनन्, अब दयालाई ढोका तोडिरहेको देख्न पाइँदैन किनभने सोनी च्यानलको कार्यक्रम ‘सिआइडी’ २१ वर्षपछि अफएयर भएको छ ।

सन् १९९७ मा पहिलो पटक सोनी च्यानलबाट प्रसारण भएको यो धारावाहिक अघि टेलिभिजनमा विभिन्न क्राइम शो आए, तर हेर्दाहेर्दै बीपी सिंहद्वारा निर्देशित सिआइडी शो आफ्नो समयको सबैभन्दा चर्चित क्राइम शो बन्न सफल भयो ।

२१ वर्षपछि यो किन बन्द भयो ?

यो कार्यक्रममा सिनियर इन्सपेक्टर दयाको भूमिका निभाउने दयानन्द शेट्टीले बीबीसीसँग यसबारे कुराकानी गरेका छन् ।

यो कार्यक्रममा निर्माताले सिआइडी बन्द भएको घोषणा गरेता पनि दयानन्द शेट्टीका अनुसार यो शो बन्द गर्ने कुरा करिब दुई वर्ष अघिदेखि नै चलिरहेको थियो ।

उनी भन्छन्, ‘सोनी च्यानल यो कार्यक्रम बन्द गर्नका लागि दुई वर्षका लागि प्रयासरत थियो तर यसका लागि उनीहरु आफूलाई देखाउन चाहँदैनथे त्यसकारण यसलाई निर्माताले नै बन्द गरोस् भन्ने प्रतिक्षामा थिए ।’

उनले भने, ‘हाम्रो शो शुक्रबार, शनिबार र आइतबार प्रसारण हुन्थ्यो । बिस्तारै सोनीले शुक्रबार प्रसारण गर्न बन्द गर्यो । त्यसपछि कहिले शनिबार बन्द गर्दथ्यो भने कहिले आइतबार ।’

कार्यक्रमको टिआरपी नआइरहेकाले सोनीले सिआइडी बन्द गर्न चाहेको बताइन्छ । तर यसबारे दयानन्द शेट्टीको भिन्न धारणा छ । शेट्टीका अनुसार सोनीका अन्य कार्यक्रमको तुलनामा सिआइडी राम्रै थियो । उनी भन्छन्, ‘टिआरपीको मामलामा अन्य शोभन्दा निकै राम्रो प्रदर्शन गरिरहेको थियो ।’

बच्चा–बच्चा सिआइडीका फ्यानः

उनी थप्छन्, ‘तर च्यानललाई लाग्छ कि कार्यक्रम अब बुढो भइसकेको छ त्यसकारण बन्द गर्नुपर्छ । जबकी आज पनि साना बच्चा यो कार्यक्रम हेर्छन् ।’

जब कार्यक्रम बन्द हुने खबर सार्वजनिक भयो तब सोसल मिडियामा मनिसहरुले यस्ता प्रतिक्रिया दिन थालेः

मानिसहरुले ३क्बखभऋष्म  क्याम्पेनलाई आफ्नो समर्थन दिए ।  

दयानन्द शेट्टी बच्चाहरुलाई धन्यवाद दिँदै भन्छन्, ‘यो कार्यक्रमले सुरुवातदेखि नै बच्चाको साथ पाएको छ र अहिले पनि पाइरहेको छ । बच्चाहरुले नै यो कार्यक्रमलाई स्थापित गराएको हो ।’

उनी थप्छन्, ‘मेरो छिमेकमा बस्ने सात वर्षको बच्चा यो कार्यक्रमसँग यति जोडिएको छ कि युट्युबमा सिआइडीका पुराना एपिसोड खोजीखोजी हेर्छ ।’

के सिआइडी रिटर्न्सको आशा गर्नसक्छन् प्रशंसक ?

दयानन्द शेट्टी भन्छन्, ‘कार्यक्रम बन्द भएपछि म सेटमा सबैसँग बसेर खाना खाएको पललाई सबैभन्दा धेरै मिस गर्नेछु ।’

सिआइडीलाई ठूलो परिवार बताउने उनी कार्यक्रम अफ एयर भएपछि पनि यो परिवार यस्तै रहने आशा गर्छन् ।

सिआइडी रिटर्न्सको केही आशा छ त भन्ने प्रश्नमा उनले भने, ‘मुश्किल छ, अब सिआइडी यदि फर्कियो भने पनि सोनीमा त आउँदै आउँदैन । हुनसक्छ, कुनै अर्को नाममा, भिन्न तरिकामा एक वेब सिरिजको रुपमा आउन सक्छ । तर यसबारे अहिले नै पक्का हुन सकिँदैन ।’

कार्यक्रमका क्रियटिभ टिम र निर्माताबीच कुराकानी भइरहेको उनले जानकारी दिएका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप