मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

नेपालीले नै चलाउँछन् युएईमा महिला अखडाः यसरी भयो एअरपोर्टबाट नेपाली चेलीको उद्दार

आइतबार, ०८ साउन २०७४, १३ : ००
आइतबार, ०८ साउन २०७४

 युएई– दलालमार्फत युईएमा अलपत्र परेका दुईजना नेपाली महिलालाई शकुशल नेपाल फर्काइएको छ । भारतीय बाटो हुदै दुवै पुगेका बुटवलका तुलसी क्षेत्री र पुर्णिमा घर्तीलाई गत विहिवार (२० जुलाई २०१७) नेपाल फर्काइएको हो ।


भिजिट भिषामा दुवई पुगेका उनीहरुलाई भिषा अवधि सकिएपछि दलालले भिषा बढाउन ओमन पठाउन भन्दै शारजाह अन्तर्राष्ट्रि««य विमानस्थलमा पुर्याएका थिए । तर, त्याँहाको एअरपोर्टमै कार्यरत नेपाली शिवहरी रोकालगायतको नेपालीहरुको समुहले करिब ६० हजार रुपैयाँको व्यवस्था मिलाएर उनिहरुलाई नेपाल पठाइएको हो । 
कसरी आएका थिए उनीहरु युएई ?
दुई महिना पहिले बुटवलकै दलाल माया चौधरीले युएईमा घरेलु कामदारको रुपमा लगिदिने र धेरै पैसा कमाइने प्रलोभन देखाइन् । निम्न आर्थिक अवस्था भएका उनीहरुले उनको आकर्षक प्रस्ताव नमान्ने कुरै भएन । करिब एक महिनामा दिल्लीको बाटो हुदै उनीहरु पुगे । 


भारतमा रहँदा पनिमाया चौधरीले गाली गर्ने महङ्गो भिषा किनेर युएई पठाउदैछु जेजे भन्छु मान्नुपर्ने जस्ता धम्कीहरु दिएको पीडितहरुको गुनासो छ । भन्छन्, ‘पैसा कमाउने आशमा सहमती गरियो तर आज आएर थाहा भयोकी दलालहरुले कसरी फसाउने रहेछन ?’ रातोपाटी सँगको कुराकानीमा नेपाल पुगेकी तुलसी क्षेत्री भन्छिन, ‘अरुको अभावमा खेल्दै फाइदा लिने र मान्छेलाई पशु जस्तै व्यवहार दलालहरुले गर्दा रहेछन् ।’ 
युएईमा महिला बन्दी अखडा
एक महिना पहिले भारतको बाटो हुदै युएई आएका उनीहरुलाई युएईमा रहेको एजेन्ट बविताले एअरपोर्टबाट लगेको उनीहरुले बताउँछन् । ‘एअरपोर्टबाट सिधै एउटा कोठामा लगियो र एक महिना सम्म बाहिर निस्कन दिइएन । हामीलाई विहान र बेलुका खाना दिइन्थ्यो । कामको बारेमा केही कुरा ग¥यो भने धम्की दिएर तर्साउने गर्थे’ तुलसा भन्छिन ।


उनीहरुसँगै अरु २३ जना नेपाली महिलाहरु पनि उक्त कोठामा ल्याइयो र बन्द कोठामा राखियो । ‘हामीसंगै २५ जाना महिलाहरुलाई एउटै कोठामा राखेर मार्ने सम्मको धम्की दिइन्थ्यो ।’ उनीहरु एकस्वरमा बताउँछन् । एक महिना सम्म राखेकोे ठाँउको नाम पनि उनीहरुलाई थाहा छैन ।

पुर्णिमा भन्छिन् ‘एक महिनासम्म बाहिर निस्कन दिइएन, कोठाभित्रै थुनेर राखियो । भिषा परिवर्तनका लागि हामी २ जना त निस्कियौ अरु २३ जना त्यही छन । तर काहाँ छन ? ठाँउको नाम केहो ? भन्ने कुरो पत्तो नै छैन । तुलसी र पुर्णिमा त उदाहरणमात्र हुन् । उनीहरु जस्तै अवैधानिक बाटो भएर युएई भित्रिएका कैयौ नेपालीहरु त्यसरी नै बन्धक जिवन विताउन बाध्य छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप