धनगढी ४४ रनले पराजित
धनगढी । मुम्बई टुरमा रहेको धनगढी क्रिकेट एकेडेमी (डिसिए) आजको खेलमा मुम्बईको भिवन्डी गाउँको टिम सँंग पराजित भएको छ ।
मुम्बईस्थित कल्याणमा रहेको भिवन्डी गाउँको टिमसंँगको टी–२० क्रिकेट प्रतियोगितामा डिसिए ४४ रनले पराजित भएको हो । मुम्बईको सोनाले क्रिकेट मैदानमा टस हारेर १२९ रनको लक्ष्य पछ्याउने क्रममा डिसिएले निर्धारित १५ ओभरमा आठ विकेट गुमाएर ८४ रन मात्रै बनाउन सक्यो ।
डिसिएका लागि कप्तान सुबोध ऐरले सर्वाधिक २८, किरण नाथले नटआउट १८, सोनु मण्डलले १२, सन्दीप आउजीले १०, सक्षम कार्कीले पाँच र रोहन विकले दुई रन बनाए । कुश मण्डल, सिजन कुँवर र सुबोध तिवारी शून्य रनमै पवेलियन फर्के ।
डिसिलाई पराजित गर्ने क्रममा भिवन्डीका मितले सर्वाधिक तीन, रास्विलले दुई, उमर, हन्जला र साहेवले समान एक एक विकेट प्राप्त गरे । यसअघि ब्याटिङ गर्दै भिवन्डीले १५ ओभरमा मात्र तीन विकेट गुमाएर १२८ रन बनाएको थियो ।
भिवन्डीका राहुलले सर्वाधिक ४१ रन बनाउँदै नटआउट रहे । ललितले ३१, उमरले २७ रन बनाएका थिए । बलिङ्ग गर्दै डिसिएलाई विनोद विष्टले दुई र सोनु मण्डलले एक विकेटको सफलता दिलाए ।
बुधबार डिसिएले यही टिमसँग आफ्नो अन्तिम् एकदिवसीय अभ्यास खेल खेल्न लागेको मुम्बईमा रहेका पत्रकार अविनाश चौधरीले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेलायतमा राजनीतिक अस्थिरताः १० वर्षमा सातौँ प्रधानमन्त्री
-
फिलिपिन्सको विद्यालयमा गोलीबारी, तीन विद्यार्थीको मृत्यु
-
विष्णु पौडेल पक्राउबारे जिप्रकाले दियो औपचारिक जानकारी
-
लागुऔषध सेवन गरेर सवारी चलाउने १० चालक हेटौंडाबाट पक्राउ
-
पोखरा लेकसाइड नजिकै दुर्घटना, एक युवकको मृत्यु
-
राहदानी छपाइमा १० अर्ब १३ करोडको भ्रष्टाचारः कसलाई कति बिगो मागदाबी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण