शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

गायक परियारको ‘भाग्य ठुलो’ बजारमा (भिडियोसहित)

मङ्गलबार, १३ कात्तिक २०७५, १८ : २०
मङ्गलबार, १३ कात्तिक २०७५

काठमाडौं । गायक सन्दिप परियारको नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । ‘भाग्य ठुलो’ बोलको लोक गीत हालै युट्युबमार्फत सार्वजनिक भएको हो ।

नेपालको चर्चित रियालिटि सो, द भोइस अफ नेपालको ब्याटल राउण्डसम्म पुग्न सफल सन्दिपले आफ्नै अभिनय, निर्देशन र स्वरमा उक्त गीत ल्याएका हुन् । भिडियोमा स्वयम सन्दिप परियार र अस्मिता विश्वकर्माको अभिनय रहेको छ ।

गायिका भावना अर्याल र सन्दिप परियारको आवाज रहेको गीतमा श्रीलाल गुरुङको शब्द साथै सन्दिपकै संगीत रहेको छ । गायक परियारकै निर्देशनमा बनेको भिडियोलाई शक्तिप्रज्जवल घिमिरेले छायांकन र सम्पादन गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप