केन्द्रीय संस्करण

नोबेलको शिविरबाट ७ सय बिरामीले पाए निःशुल्क उपचार

person access_timeकात्तिक १३, २०७५ chat_bubble_outline0

विराटनगर । नोबेल शिक्षण अस्पतालले मोरङको बेलवारी र सुन्दरहरैचामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी ७ सय भन्दा बढी बिरामीको निःशुल्क उपचार गरेको छ ।

बेलवारी–४ कसेनी मावि र सुन्दरहरैचा–१० खोर्सानेमा शिविर सञ्चालन गरी ७ सय ४७ जना बिरामीको निःशुल्क उपचार गरिएको नोबेल अस्पतालले जनाएको छ ।  

कसेनी माविमा सञ्चालित शिविरबाट ४ सय ३५ जना र खोर्सानेमा ३ सय १२ जना बिरामीको निःशुल्क उपचार गरिएको नोबेल अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले जानकारी दिए ।

कसेनीको शिविरमा १ सय ५३ जना बिरामीको भिडियो एक्सरे, १ सय २० जना बिरामीको ल्यावटेष्ट र ४१ जना बिरामीको ईसीजी गर्नुका साथै ६१ जना बिरामीलाई नोबेल अस्पताल रिफर गरिएको छ ।  

यता खोर्सानेको शिविरमा ३५ जनाको भिडियो एक्सरे, १३ जनाको ईसीजी र १ सय १ जनाको ल्यावटेष्ट गरिएको छ ।

शिविरमा उपचार सम्भव नभएका २७ जना बिरामीलाई नोबेल अस्पताल रिफर गरिएको जनसम्पर्क अधिकृत दाहालले बताए । शिविरमा मेडिसिन, स्त्री, बाल, नाक कान घाँटी, आँखा, दन्त, हाडजोर्नी तथा नसा, छाला, मानसिक लगायत रोगको उपचार गरिएको छ ।    
 

रातोपाटी संवाददाता

मूलधारको लोकप्रिय अनलाइन बन्न सफल रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ