बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

अस्पतालमा प्रधानमन्त्री ओलीलाई भेट्न प्रतिबन्ध

मङ्गलबार, १३ कात्तिक २०७५, १७ : ०२
मङ्गलबार, १३ कात्तिक २०७५

काठमाडौं– छातीमा संक्रमण भएर अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न अस्पतालले प्रतिबन्ध लगाएको छ ।

अस्पतालका कार्यकारी निर्देशक उत्तमकृष्ण श्रेष्ठले प्रधानमन्त्रीलाई भेट्न तथा उहाँको स्वास्थ्य लाभको कामना गर्न चाहने शुभचिन्तकहरुको आकांक्षलाई अस्पतालले आत्मासात गरेपनि अस्पतालको पहिलो दायित्व प्रधानमन्त्रीको स्वास्थ्यलाभ गराउनुभएकाले चिकित्सकको सुझाव अनुसारनै भेटघाटलाई प्रतिबन्ध गरिएको उल्लेख छ ।

प्रधानमन्त्री ओलीलाई श्वासप्रश्वासमा समस्या भएपछि सोमबार बिहान साढे चारबजे महाराजगञ्जस्थित शिक्षण अस्पताल भर्ना गरिएको थियो ।  प्रधानमन्त्री ओलीको डाक्टर अरुण सायमीको नेतृत्वमा उपचार भैरहेको छ । उपचारमा संलग्न चिकित्सकले सुगरको मात्रा बढेपनि प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बताएका छन् ।

यो पनि पढ्नुहोस्ः

प्रधानमन्त्रीलाई चिकित्सकको सुझाव : अब स्ट्रेस कम, रेस्ट ज्यादा​

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप