१२ तस्बिरमा हेर्नुहोस् सैनामैना ब्यापार महोत्सवको चहल पहल

बुटवल–रुपन्देहीको सैनामैनामा कार्तिक ८ गतेदेखि तेश्रो राष्ट्रिय सैनामैना कृषि, पर्यटन, औद्योगिक तथा ब्यापार महोत्सव–२०७५ चलिरहेको छ । कार्तिक १८ गते सम्म चल्ने उक्त महोत्सवमा दैनिक १० हजारको संख्यामा मानिसहरुले अवोलकन गरिरहेको र दैनिक करिव डेढ करोडको कारोवार भई रहेको आयोजक संस्था सैनामैना ब्यापार संघका कोषाध्यक्ष तथा मेला आर्थिक उपसमितिका संयोजक निरज खनालले जानकारी दिए ।
उनले कुल १० करोड कारोवार गर्ने लक्ष्य लिइएकोमा त्यो भन्दा बढि कारोवार हुने देखिएको बताए । ब्यापार संघका बरिष्ठ उपाध्यक्ष तथा मेला मुल समारोह समितिका सह–संयोजक दिपकुमार चालिसेले २ सय वटा स्टल राखिएको र त्यसमा बढि मात्रमा कृषि उत्पादनलाई बढि प्राथामिकता दिईएको जानकारी दिए । त्यस्तै सैनामैना भित्र रहेका ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थलहरुको फोटो प्रदर्शनी गरिएको पनि उनले बताए ।
त्यस्तै संघका महासचिव तथा मेला आयोजक समितिका सदस्य सचिव देवराज पौड्यालले यो तेश्रो महोत्सव भएको यस अघिका महोत्सवमा जस्तै यस महोत्सवबाट संकलन भएको रकमबाट ब्यापार प्रर्वद्धन कृषि र औद्योगिक क्षेत्रको विकासमा लगाउने , कृषकहरुलाई कृषिबाट आत्म निर्भर बनाउने र ब्यावसायीहरुलाई पनि ब्यवसायबाटै आत्मा निर्भर बनाउने , बेरोगारहरुलाई उद्योग धन्दा खोलेर पुर्ण रुपमा यहि रोजगारी सिर्जन गर्ने उद्देश्यका साथ महोत्सवको आयोजना गरिएको बताए ।
सह–आयोजक सैनामैना उद्योग बाणिज्य संघका अध्यक्ष राजबहादुर क्षेत्रीले सैनामैना भित्र रहेका लोक संस्कृती , पुरातात्विक र धार्मिक क्षेत्रको विकास निर्माणका लागि जनप्रतिनिधीहरु संग मिलेर यहाँको ब्यापार संघ र उद्योग बाणिज्य संघले हातेमालो गर्दै आएको बताए । त्यस्तै उनले दृष्टिविहिनहरुको उपचारका लागि आँखा अस्पताललाई सहयोग गर्ने र आफ्नै सचिवालय भवन निर्माण गर्ने सुनाए ।
तस्वीरः रिया बस्नेत/बुटबल
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ