शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कास्की काँग्रेसका छ जना कारबाहीमा

आइतबार, ०८ साउन २०७४, १२ : ११
आइतबार, ०८ साउन २०७४


पोखरा - नेपाली काँग्रेस कास्की क्षेत्र नं ४ ले छ जनालाई कारबाही गरेको छ । 

स्थानीय तहको निर्वाचनमा बागी उम्मेदवार, तिनका प्रस्तावक, समर्थक र प्रचारप्रसार समितिमा रहेर काम गरेकामा उनीहरुलाई कारबाही गरिएको समितिका सभापति पोषनाथ शर्माले जानकारी दिनुभयो । 
कारबाहीमा पर्नेमा माछापुच्छ«े गाउँपालिका वडा नं ३ घाचोकका अध्यक्षका बागी उम्मेदवार बेलबहादुर गुरुङ, उहाँको प्रचारप्रसार समितिका संयोजक मीनबहादुर गुरुङ र सदस्य तिलबहादुर गुरुङ, अन्नपूर्ण गाउँपालिका–७ लुम्लेका वडाध्यक्षका बागी उम्मेदवार प्रेमबहादुर गुरुङ, प्रस्तावक कमलबहादुर गुरुङ र समर्थक हितमान गुरुङ छन् । उनीहरुलाई साधारण सदस्यतासमेत नरहने गरी कारबाही गरिएको सभापति शर्माले बताउनुभयो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप