शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

स्थानीय तहको नेतृत्वमा सहमति

मङ्गलबार, १३ कात्तिक २०७५, ०९ : १३
मङ्गलबार, १३ कात्तिक २०७५

बाजुरा - पार्टी एकतालाई अन्तिम रूप दिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले केन्द्र, प्रदेश, जिल्ला हुँदै स्थानीय तहमा समेत पदमिलान प्रयास जारी राखेको छ । पार्टी जिल्ला कमिटीसम्म केन्द्रीय कार्यदलबाटै टुङ्गो लाग्ने भएपछि स्थानीय तह र वडा कमिटीबारे सहमति गर्न जिल्लास्तरीय प्रयास थालिएको छ । 

नेकपाका स्थानीय नेताहरूले नौ स्थानीय तहको नेतृत्व लिनेबारे सहमति गरेको तत्कालीन एमाले जिल्ला सचिव एवं जिल्ला कार्यदलका सदस्य प्रदेशसभा सदस्य बल्देव रेग्मीले बताए । जसमा ६ स्थानीय तहको नेतृत्व नेकपा एमाले र ३ वटाको नेकपा माओवादी केन्द्रले लिने सहमति भएको छ । 

तत्कालीन नेकपा एमालेबाट पार्टी अध्यक्ष कालीबहादुर शाही, सचिव बल्देव रेग्मी, उपसचिव गगन रावल र नेकपा माओवादी केन्द्रबाट जिल्ला इन्चार्ज सहदेव बोगटी, मनलाल खत्री र जिल्ला संयोजक भरत बुढा रहेको कार्यदलले उक्त सहमति गरेको हो । 

जसमा बडिमालिका, बूढीगङ्गा, बूढीनन्दा नगरपालिका, गौमुल, स्वामिकात्र्तिक खापर र जगन्नाथ गाउँपालिका तत्कालीन एमालेको भागमा अध्यक्ष र माओवादीको भागमा सचिव परेको छ । त्यस्तै खप्तड छेडेदह गाउँपालिका, हिमाली गाउँपालिका र त्रिवेणी नगरपालिकामा माओवादीले अध्यक्ष र एमालेले सचिव पाउने गरी सहमति जुटेको रेग्मीले जानकारी दिए । 

पार्टीले प्राप्त गरेका मत, सङ्गठित सदस्य र नेता व्यवस्थापनको पाटोलाई हेरेर नेतृत्व लिनेबारे सहमति गरिएको कार्यदल सदस्य भरत बुढाले बताए । सम्बन्धित स्थानीय तहका नेताहरुलाई नसोधेर निर्णय गरिएको प्रति अधिकांशको असहमति भए पनि सर्वसम्मत निर्णयको प्रयास गरिएको कार्यदलले बताएको छ । कार्यदलले वडा सङ्गठन कमिटीमा पनि केही दिनभित्र सहमति गर्ने गरी काम थालेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप